नेपालगञ्ज, १२ मंसिर/ आसन्न मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचन संघिय समाजवादी फोरम नेपालका बाँके क्षेत्र नं.२ का प्रतिनिधि सभा उम्मेदवार मोहम्मद ईस्तयाक राईले नगर र गाउँमा एकैसाथ मतदाता भेटघाटलाई तीब्र पारेका छन् ।
केहीदिन यता घरदैलो अभियानलाई थप सशक्त पारेका पुर्वमन्त्री समेत रहेका राई यसपटक प्रतिनिधि सभा–२ बाट निर्वाचित हुने विश्वस्त देखिन्छन् ।
मतदाताको घरदैलोमा पुग्दा आफुले निकै माया र स्नेह पाएको भन्दै राईले ‘मतदाताले जहाँ गएपनि एकदमै राम्रो रेसपोन्स गरेका छन्, तपाई एक मात्र स्थिर र सक्षम उम्मेदवार हुनुहुन्छ, हामी तपाईको साथमा छौं भनेर उहाँहरुले भन्दा मलाई उर्जा मिलेको छ, र जित्छु भन्ने विश्वास बढेको छ, राईले बताए ।’
चुनावपछि पार्टी फेर्ने व्यक्तिले विकास गर्न नसक्ने आम मतदाताको बुझाई रहेको उनले बताए । ‘स्थिर व्यक्तिले मात्र विकास गर्न सक्छ, भन्ने कुरा आम मतदाताको बुझाई रहेको पाईयो,’ उनले थपे । आफु निर्वाचित भएपछि पहाडी, मधेसी, मुस्लिम, दलित सबै समुदाय र वर्गको उत्थानका लागि ठोस पहल गर्ने राइको प्रतिवद्धता छ ।








प्रतिक्रिया दिनुहोस्