लोकतान्त्रिक गठबन्धन गिजराबस्तीमा



नेपालगञ्जर, ११ मंसिर/   बाँकेको निर्वाचन क्षेत्र नम्वर ३ को गिजराबस्तीका स्थानीयबासीले ऐलानी जग्गाको लालपूर्जाका लागि पहल गरिदिने पार्टीलाई आफुहरुले मतदान गर्ने बताएका छन् ।

नेपाली काँग्रेस–राप्रपा नेतृत्वको लोकतान्त्रिक गठबन्धनको घरदैलोका क्रममा गिजराबस्ती पुगेका प्रतिनिधिसभाका उम्मेदवार बादशाह कुर्मी र प्रदेशसभा ३ ‘ख’ का उम्मेदवार लक्ष्मीनारायण शाहसँग मतदाताहरुले आफुहरु वर्षौदेखि लालपूर्जाविहीन जग्गामा बस्दै आएको भन्दै लालपूर्जा उपलब्ध गराइदिन आग्रह गरेका थिए ।

त्यसक्रममा उम्मेदवारद्वय कुर्मी र शाहले लालपूर्जा दिलाउनका लागि प्रभावकारी भूमिका निभाउने विश्वास दिलाउनुभयो । उहाँहरुले सडक, विजुली, खानेपानी लगायतका विकासे मुद्दामा कुनै कसर बाँकि नराख्ने प्रतिवद्धता पनि जनाएका थिए ।

प्रदेशसभा ३ ‘ख’ का निर्वाचन परिचालन समितिका संयोजक रमेश सिंजालीका अनुसार सोमबार जानकी गाउँपालिकाका छत्तरपुर, बेलनियालगायतका स्थानमा घरदैलो गरिएको छ । त्यसक्षेत्रका मतदाताहरुले सडक र पुलपुलेसालगायतका समस्या समाधानको लागि पहल गरिदिन आग्रह गरेका थिए ।

त्यसैगरी प्रदेशसभा ३ ‘क’ का विभिन्न वडाहरुमा पनि चुनावी घरदैलो गरिएको छ । काँग्रेस र राप्रपाका जिल्लातहका नेताहरु सम्मेलित टोलीले सोमबार नै बनकटवा र नौवस्थामा चुनावी घरदैलो गरेको हो ।

क्षेत्र नम्वर ३ का प्रतिनिधिसभा उम्मेदवार बादशाह कुर्मी, प्रदेशसभा ३ ‘क’ का चन्तराम थारुले स्थानीय विकास निर्माणका लागि आप्mनो उम्मेदवारी भएको भन्दै सम्वृद्धि र विकासका लागि काँग्रेसलाई जिताउन आव्हान गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर ११ गते सोमबार