19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

अमेरिका, दक्षिण कोरिया र जापानी रक्षा अधिकारीद्वारा उत्तर कोरियालाई चेतावनी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, कार्तिक १३, २०७४  

अमेरिकी प्यासिफिक कमान्डको मूख्यालय हवाइमा वार्तापछि तीन देशका अधिकारीहरुले संयुक्त रुपमा प्योङयाङलाई परमाणु अस्त्र निर्माण गर्ने विध्वंसात्मक र लापरवाहीपूर्ण बाटोदेखि टाढै बस्न उत्तर कोरियालाई चेतावनी दिएका हुन् ।

उनीहरुले प्योङयाङको पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमबारे छलफल गरेको बताइएको छन् । केही दिनअघि मात्रै पनि अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले आफ्नो मुलुकले परमाणु शक्तिसम्पन्न उत्तर कोरिया कहिल्यै नस्वीकार्ने बताएका थिए ।

त्यसअघि, उत्तर कोरियाली कूटनीतिज्ञ च्वे सनहीले उत्तर कोरियालाई परमाणु शक्तिसम्पन्न राष्ट्रका रुपमा स्वीकार्न अमेरिकालाई आग्रह गरेकी थिइन् ।

प्योङयाङको लगातारको क्षेप्यास्त्र तथा पारमाणविक परीक्षणका कारण कोरियाली प्रायद्वीपमा तनाव बढेको छ । यसै विषयमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ उनबीच आरोपप्रत्यारोप नै चलेको छ ।

प्रकाशित मितिः सोमवार, कार्तिक १३, २०७४     2:44:05 PM  |