23 October 2021  |   आइतवार, कार्तिक ७, २०७८

रुकुममा ९ सय जना म्यादी प्रहरीमा छनोट

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, कार्तिक १२, २०७४  

रुकुम,  १२  कात्तिक/ आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको सुरक्षाका लागि रुकुममा ९ सय ७ जना म्यादी प्रहरी छनौट भएका छन् । जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमले सार्वजनिक गरेको नतिजा अनुसार पूर्वी रुकुमका लागि ३ सय १ र पश्चिम रुकुमका लागि ६ सय ६ जना म्यादी प्रहरी छनोट भएका हुन् ।

छनोट भएकामध्ये ६ सय ८१ पुरुष र २ सय २६ जना महिला रहेको छन् । यस्तै १ सय ८२ जना भने वैकल्पिक सूचीमा परेका छन् ।

छनोटमा पर्न सफल म्यादी प्रहरीले आजदेखि सुरक्षासम्बन्धी तालिम लिने छन् । म्यादी प्रहरीमा भर्ना हुन पश्चिम रुकुमको जिल्ला प्रहरी कार्यालयमा २ हजार १ सय ५१ जनाले आवेदन दिएका थिए ।

यसअघि स्थानीय तहको निर्वाचनमा पूर्वी र पश्चिम रुकुमका लागि ७ सय ८५ जना म्यादी प्रहरी खटिएका थिए ।

प्रकाशित मितिः आइतवार, कार्तिक १२, २०७४     12:17:54 PM  |