25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

ओली र प्रचण्डको एउटै बोलीः कुनै पनि निहुँमा चुनाव सार्न मिल्दैन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, कार्तिक ९, २०७४  

९ कात्तिक, काठमाडौं । एमाले र माओवादी केन्द्रले कुनै पनि बाहानामा प्रदेश र प्रतिनिधिसभाको चुनाव नसार्न खबरदारी गरेका छन् । वाम गठबन्धन बनाएका दुई दलका शीर्ष नेताहरुले पत्रकार सम्मेलन गरी सर्वोच्चको पछिल्लो आदेशले चिसो परेको बताएका छन् ।

एमाले अध्यक्ष ओलीले चुनाव नसर्ने र सार्न नमिल्ने बताए । राजनीतिक दल र निर्वाचन आयोगले संयुक्त रुपमा मतपत्र तय गरेको भन्दै उनले भने, ‘अब ससाना कुरामा अल्भिmने समय छैन ।’एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले मनोनयनको प्रक्रिया सुरु भइसकेको भन्दै चुनाव सार्न नहुने बताए । नेताद्वयले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ, ‘मंसिरमा हुने निर्वाचनलाई कुनै पनि निहुँमा सार्ने, टार्ने वा बिथोल्ने काम-कुरा लोकतान्त्रिक अभ्यासविरुद्ध तथा नेपाल र नेपाली जनताको हित विपरीत हुनजान्छ ।’

मतपत्रबारे एउटा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अन्यौलग्रस्त कुरा गरेको तर, पछि बुझेँ भनेको सुनाउँदै उनले भने, ‘निवेदक सत्तारुढ पार्टीकै सहमहामन्त्री नै हुनु र अदालतको मानहानी भएको निवेदनमा मानहानी भयो भएन नसोधेर मागेको भन्दा बढ्दा कुराले अलिकति झस्कएको छ ।’

ओलीले लोकतान्त्रिक प्रणाली चुनाव भएको भन्दै उनले यसलाई विथाल्न खोजे स्वीकार्य नहुने बताए । ‘यो लोकतन्त्र कसैले हामीलाई किस्तामा राखेर दिएको उपहार होइन’ उनले भने ।

पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष प्रचण्डले माघ ७ सम्म संसद छ भन्ने हक्का राख्न आग्रह गरे ।  अनलाइनखबर

प्रकाशित मितिः बिहिबार, कार्तिक ९, २०७४     5:44:35 PM  |