19 September 2021  |   आइतवार, अशोज ३, २०७८

शिक्षा समन्वय समिति गठन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, कार्तिक ९, २०७४  

नेपालगन्ज, ९ कात्तिक / स्थानीय तहमा जनप्रतिनिधि आए लगत्तै शिक्षा स्वास्थ्य र विकास निर्माणको लागि विभिन्न पहलकदमी सुरु भएको छ । सोही क्रममा नेपालगन्ज उप–महानगपालिकाले नगर क्षेत्रका निजी र सरकारी विद्यालयको शैक्षिक सुधारका लागि आवश्यक पहल सुरु गरेको छ । शिक्षा सम्वद्ध अधिकारी, विद्यालयको माग र आवश्यक्तालाई मध्यनजर गर्दै उप–महानगरपालिकाका मेयर डा धवल शमशेर राणाले निजी विद्यालयहरुको संगठन प्याव्सन, एनप्याव्सनलगायत सम्वद्ध सरोकारवालासँग आवश्यक परामर्श समेत गरेका छन् ।

निजी र सरकारी विद्यालयको शैक्षिक सुधारका लागि गर्न सकिने पहलका लागि डाकिएको भेलाले नेपालगन्ज उप–महानगरपालिका स्तरिय सस्थागत विद्यालय समन्वय समिति गठन गरेको छ । मेयर राणाले सरकारी र निजी विद्यालयबीच समन्वय र सहकार्यको माध्यमबाट गुणात्मक शैक्षिक विकास गर्न सकिने विश्वास व्यक्त गरे ।
सहायक जिल्ला शिक्षा अधिकारी गोरखबहादुर थापाको संयोजकत्वमा गठित ६ सदस्यीय समितिले छलफलमार्फत आवश्यक कार्य योजना बनाउने छ । समितिको सदस्य सचिवमा उप–महानगरपालिकाका वरिष्ठ आलेप अधिकृत खिमानन्द अर्याल, प्याव्सनका अध्यक्ष विकास बहादुर सिंह, एन प्याव्सनका अध्यक्ष कृष्ण जीसी, चिरञ्जिवी चन्द, मानवहादुर थापा रहेका छन् । sadarline
प्रकाशित मितिः बिहिबार, कार्तिक ९, २०७४     2:10:43 PM  |