20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

पत्रपत्रिकाका फ्रन्टपेजः निर्वाचन आयोगको अस्थिरतादेखि मन्त्रीको शपथसम्म

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, अशोज २९, २०७४  

२९ असोज, काठमाडौं । आइतबार राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषयहरुलाई महत्त्व दिएर छापेका छन् । निर्वाचन आयोगले बोली फेरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शनिबार शपथ गराएको विषयलाई सबैजसो दैनिक पत्रिकाहरुले आज पहिलो पृष्ठमा समाचार बनाएका छन् । पत्रपत्रिकाहरुले निर्वाचन आयोग पनि दलजस्तै अस्थिर देखिएको लेखेका छन् ।

समानुपातिकतर्फका उम्मेदवारहरुको बन्दसूची आज बुझाउनु पर्ने भए पनि दलहरुलाई सकस परेको छ । समानुपातिक उम्मेदवार छान्न दलहरुलाई सकस परेको खबरलाई आजका पत्रपत्रिकाहरुले विविध शीार्षक दिएर लेखेका छन् ।

संसद्को अन्तिम बैठकमा शनिबार चलेको घोचपेचलाई पनि अाजका पत्रिकाहरुले राेचक ढंगले प्रस्तुत गरेका छन् ।

यसका अलावा दैनिक पत्रिकाहरुले भुक्तानी नपाएपछि उखु किसान चिन्तित बनेको, बिटक्वाइनको कारोबारमा इ–सेवा प्रयोग गरिएको लगायत खबर आज छापेका छन् ।

‘संसदको कार्यकाल ऐतिहासिक’ शीर्षक दिएर रुपान्तरिक संसदको समयावधि सकिएको खबरलाई ब्यानर बनाएको छ । समानुपताकि उम्मेदवारको सूची आज बुझाइँदैलाई पनि गोरखापत्रले छापेको छ । सरकारलाई अयाोगको २७ बुँदे निर्देशनलाई गोरखापत्रले एंकर बनाएको छ ।

निर्वाचन आयोग पनि दलजस्तै अस्थिर बनेको खबर नयाँ पत्रिका दैनिकमा छ । समानुपताकि उम्मेदवार छान्न दलहरुलाई परेको सकसलाई पनि नयाँ पत्रिका दैनिकले आज प्रकाशित गरेको छ । कान्तिपुर दैनिकले संसदको अन्त्यलाई मुख्य समाचार बनाएको छ भने कांग्रेस र एमालेबीच संसद्को अन्तिम बैठकमा भएको घोचपेचलाई नागरिकले प्राथमिकताका साथ प्रकाशित गरेको छ ।

‘अन्नपूर्णले ‘भेट होला, नहोला भन्दै छुट्टिए सांसद्’ शीर्षक दिएर प्रमुख समाचार लेखेको छ । भुक्तानी नपाएपछि उखु किसान चिन्तित बनेको, पशुपतिको ३ सय ५० रोपनी जग्गा हराएकोलगायतका खबर अन्नपूर्णको पहिलो पृष्ठमा अटाएको छ ।

प्रकाशित मितिः आइतवार, अशोज २९, २०७४     8:46:26 AM  |