जाजरकोटमा जिप पल्टिदा दुई जना घाइते



२५ असोज, जाजरकोट । त्रिवेणी नलगाड-८ वगारामा रा १ ज ४२७ नम्बरको जिप पल्टिदा दुई जना घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएका वडा-८ मन्मैका टीकाराम केसी र सहायक चालक रामबहादुर विकको रुकुमको राडीमा रहेको श्रीनगर मेडिकलमा उपचार भइरहेको स्थानीय शिक्षक वीरबहादुर खत्रीले जानकारी दिए ।

प्रहरी चौकी मैदेबाट प्रहरीको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान जारी राखेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी  दिए ।जिपमा यात्रु झुण्डिएकोले भार थाम्न नसक्नुका साथै अनुभव नभएका सहायक चालकले चलाउँदा पल्टिएको स्थानीयवासीले बताएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ असोज २५ गते बुधबार