मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, अशोज २०, २०७४
काठमाडौँ, असोज २० । घरमै नजरबन्दमा राखिएकी थाई पूर्वप्रधानमन्त्री यिङलक सिनावात्रा दुबईमा पुगेकी छन् ।
सिनावात्रालाई सैनिक सरकारले अपदस्थ गरी घरमै नजरबन्द राखेको थियो । घर बाहिर सेनाले २४ सै घण्टा पहरा दिइरहे पनि सिनावात्रा दुबईमा रहेकी पुष्टि भएको अन्तर्रा्ष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।
बिहीबार थाई विदेशमन्त्रालयको सूचनामा सो समाचारको पुष्टी भएको प्रधानमन्त्री ओचाले बताए ।
पूर्व प्रधानमन्त्री सिनावात्रालाई हालैमात्र थाइल्याण्डको सर्वाेच्च अदालतले उपस्थित हुन आदेश दिएको थियो । सोही बेला उहाँ अदालतमा हाजिर नभई दुबई भागेको अधिकारीहरुले आशंका गरेका छन् ।
पूर्व प्रधानमन्त्री शिनावात्रालाई भ्रष्टाचारको आरोपमा थाइल्याण्डको सर्वोच्च अदालतले गतहप्तामात्र पाँच वर्षको जेल सजाय सुनाएको थियो । (अनलाइन डबलीबाट)