काठमाडौं, २० असोज – प्रमुख वामपन्थी दलहरुवीच चुनावी तालमेल हुने निश्चित भएपछि आफ्नो भावी रननिति तय गर्न कांग्रेस केन्द्रिय समितिको बैठक बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा आसन्न निर्वाचनका लागि उम्मेदवार चयनको मापदण्ड बनाउनेबारे छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।  वैठकमा वाम एकताको घोषणापछिको अवस्था, वृहत लोकतान्त्रिक मोर्चा गठन लगाएतका विषयमा छलफल हुने वताइएको छ ।

मुख्य सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र नेकपा एमाले लगाएतका दलसंग तालमेल गरी आगामी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा सहभागी हुने भएपछि चुनावकालागी थप रणनिति तय गर्न कांग्रेस केन्द्रिय समितिको वैठक बसेको हो ।

एमाले-माओवादी गठबन्धन बनेपछि कांग्रेसले पनि अरु पाँच दललाई साथ लिएर लोकतान्त्रिक गठबन्धन बनाएको छ ।