25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

कपाल झार्ने यी ५ चिज कहिल्यै नखानोस् तर कुन कुन चिज ?

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, अशोज १८, २०७४  

आजकल कपाल झर्ने समस्याबाट धैरै मानिस पिडित छन् । लामो, बलियो र चम्किलो कपाल पाल्ने चाहना सवैको हुन्छ । कपाल झर्ने समस्याले हैरान हुनेहरुलाई कपाल झर्न रोक्ने प्राकृतिक उपाय यहाँ सुझाइएको छ। कपाल झर्न रोक्नको लागी हामिले खाने कुराले समेत प्रत्यक्ष प्रभाव पार्दछ।

यी विभिन्न कारणले कपाल झर्ने गर्छ १ अस्वस्थकर खाना डाइटमा सही मात्रामा पोषण नहुँदा शरिरमा आइरन, भिटामिन ए, प्रोटिन, जिङ्क, क्याल्सियम जस्ता पौष्टिक तत्वको कमी हुन थाल्छ। जसको कारण कपाल झर्ने समस्या निम्तिन्छ।

२ जङ्क फुड खानबाट बच्नुस् ३ धुम्रपान चुरोटमा हुने निकोटिनको कारण रगतका नशा साँघुरिन थाल्दछन्। जसको कारण शरीरमा अक्सिजन लेभल कम हुन्छ। यसले शरिरको अंगहरुको साथ कपाललाई पनि असर पुर्याउँछ।

४ रक्सी बढी रक्सी पिउँदा शरिरमा टक्सिक पदार्थ बढ्न थाल्छ। आइरन, जिङ्क, पानीमा कमी हुन्छ। फलत: कपाल झर्छ। ५ चिन्ता कपाल झर्नुमा अर्को प्रमुख कारण हो चिन्ता। चिन्ताले शरिरको हर्मोनको सन्तुलन बिग्रन्छ। साथै शरिरको शक्ति अनावश्यक रुपमा नष्ट हुन्छ।

कपाल झर्नबाट रोक्न उपयोगी हुने ६ चीन यस प्रकार छन्.. १. सिमिः सिमिमा पर्याप्त मात्रमा फाइबर पाइन्छ । एक कप पाकेको सिमीको गेडामा १३ ग्राम सम्म फाइबर पाइन्छ । सिमिमा प्रोटिन पनि पाइन्छ जसले कपालको विकासमा सहयोग गर्दछ । २. बदाम र काजुः बदाम र काजु जस्ता खानेकुरा पनि कपालको लागि निकै महत्वपुर्ण मानिन्छन् । बदाम र काजुमा हुने ओमेगा ३,खनिज, सेलेनियम, जिंक जस्ता पदार्थ पाइन्छ जसले कपालालई स्वस्थ र चम्किलो बनाउँछन् ।

३. सल्मोन माछाः सल्मोन माछामा पर्याप्त मात्रमा ओमेगा ३, भिटामिन बी १२ पाइन्छ,जसले कपाललाई बलियो बनाउँछ । ओमेगा र भिटामिन १२ को कमिले कपाल रुखो बन्छ । ४.गाँजरः गाँजरले कपालको प्राकृतिक कन्डिसिनिङ गर्दछ। यसका साथै गाँजरमा भिटामिन ए पनि पर्याप्त मात्रमा पाइन्छ ।

५.हरियो सागसब्जीः हरियो सागसब्जीमा आइरन, भिटामिन्स, क्याल्सियम पाइन्छ, कपालको वृद्धीको लागी यी तत्वहरु निकै उपयोगी हुन्छन् । ६.अण्डाः अण्डमा प्रोटिन, भिटामिन बि १२, बायटिन जस्ता तत्व पाइन्छ । यसलाई पकाउँदा थोरै तेल वा घ्युका प्रयोग गरे झन उपयोगी हुन्छ । morangonline.

प्रकाशित मितिः बुधबार, अशोज १८, २०७४     8:10:15 PM  |