वाल विद्याद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत



यान बि साहु
कोहलपुर, २५ भदौ ।

कोहलपुर नगरपालिकास्थित वालविद्या मन्दिर आवासिय मावि कक्षा–११ मा अध्ययनरत विद्यार्थीहरुलाई शनिबार एक कार्यक्रमको आयोजना गरी स्वागत गरिएको छ । सोही विद्यालय कक्षा–१२ मा अध्ययनरत विद्यार्थीहरुले स्वागत उनीहरुलाई गरेका हुन् ।aa

कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयका प्रवन्धक गोविन्द सुवेदीले वाल विद्याले विद्यार्थीहरुको सैद्धान्तिक भन्दा व्यवहारिक तथा गुणस्तरिय शिक्षामा विशेष जोड दिदै आएको बताएका छन् । विद्यार्थीहरुलाई समसामयिक परिवेशमा प्रतिस्पर्दा गर्न सक्ने खालको शिक्षा प्रदान गर्नु आफूहरुको पहिलो प्राथमिकता रहेको बताए ।
साथै विद्यार्थीहरुलाई स्वागत गर्दैे अझ लगनशिल र मेहनेती भएर अध्ययन कार्यमा लाग्न समेत सुझाव दिए । स्वागत कार्यक्रममा कक्षा–११ मा अध्ययनरत विद्यार्थीहरुलाई अविर लगाएर स्विागत गरिनुका साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो ।
विद्यालयका प्रमुख प्रवन्धक सुरज रिजालको प्रमुख आतिथ्यतामा भएको स्वागत कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम खड्काको सभापतित्वमा सम्पन्न भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ भदौ २५ गते आइतबार