15 April 2021  |   बिहिबार, बैशाख २, २०७८

रामजानकीद्वारा व्यक्तित्व विकास कार्यक्रम सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, भदौ २४, २०७४  

कोहलपुर, २४ भदौ , कोहलपुर नगरपालिका–११ स्थित राम जानकी कलेजले कोहलपुर क्षेत्रका कलेजमा अध्ययन गर्ने उमेर समूहका विद्यार्थीहरुको व्यक्तित्व विकासका लागि एक दिने व्यक्तित्व विकास कार्यक्रम शुक्रबार कोहलपुरमा सम्पन्न गरेको छ । खासगरी कलेजमा अध्ययन गर्ने उमेर समूहका विद्यार्थीहरुमा सकारात्मक सोच, वृत्ति विकास र व्यक्तित्व विकास जस्ता जीवनोपयोगी सिप क्षमता सिकाउने उद्धेश्यले सो कार्यक्रम गरिएको कलेजका संस्थापक प्रमुख गणेश पौडेलले बताएका छन् ।
कार्यक्रममा व्यवस्थापन संकायमा विविएस कार्यक्रमको उपादयता, महत्व, जिवीकोपार्जनमा सहयोगी हुने विषयगत ज्ञान आदि सम्बन्धी महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजका उपप्राध्यापक लालमणि घिमिरेले प्रशिक्षण दिएका थिए । सो कार्यक्रममा विविएस चौथो वर्ष २०७४ मा उत्कृष्ठ नतिजा हासिल गर्ने विद्यार्थीहरु क्रमशः अस्मिता शाही, सिमा शर्मा, माया जिएम, निशा शर्मा र गोमा भण्डारीलाई कार्यक्रममा सकारात्मक सोच सम्वन्धी उत्प्रेरक प्रशिक्षक होमबहादुर खड्काले सम्मान पत्र प्रदान गरेका थिए ।
सो कार्यक्रममा ओसिस मल्टिपल एकेडेमीका प्रमुख इन्द्रमणि ढुङ्गाना र प्राक्टिकल इंग्लिस ल्याङ्ग्वेज इन्सिच्यूटका प्रमुख खुमराज केसीले पनि विद्यार्थीहरुलाई सकारात्मक सोचको विकास गराउने सम्वन्धी प्रशिक्षणमूलक भनाइ राखेका थिए ।

प्रकाशित मितिः शनिबार, भदौ २४, २०७४     12:09:37 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *