कोहलपुर, २० भदौ, नेपाल रेडक्रस सोसाइटी कोहलपुर उप–शाखाले ५४ ले आँै रेडक्रस दिवशको अवसर पारी कोहलपुरमा उप–शाखा स्तरीय वक्तृत्वकला प्रतियोगितमा सम्पन्न गरेका छ ।
कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटीले प्रकृतिक प्रकोपबाट प्रभावित भएका जनताहरुलाई उद्धार गरेकोले मानविय सेवामा समर्पित रेडक्रस विपद्को घडीमा सहयोगी साथी बनेर प्रस्तुत भएको कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावतले बताएका छन् । साथै रावतले कोहलपुर नगरपालिकाले आफ्नो अध्यक्षतामा कोहलपुर नगरपालिका स्तरीय विपद् व्यवस्थान समिति गठन गरिएको र यसले छिट्टै कोष स्थापना गर्ने बताएका छन् । “रेडक्रससँग सहकार्य गरी विपद् न्यूनिकरणका लागि कोहलपुर नगरपालिका विशेष योजना ल्याएको छ” उनले भने “विपद्को बेला जनताले दुःख धेरै नपाउ भनेर कोहलपुर नगरपालिकाले प्राकृतिक प्रकोप विशेष कोष स्थापना गरेको छ ।”
संस्थागत र सामूदायिक गरी आठ वटा विद्यालयले सभागिता भएको ‘‘विपद् न्यूनिकरण एंव व्यवस्थापनमा जुनियर÷युवा रेडक्रस सर्कलको भुमिका’’ विषयक प्रतियोगितामा कोहलपुरमा रहेको त्रिभुवन नमूना माविकी छात्रा गरिमा रोकाय प्रथम, बागेश्वरी एकेडेमीका छात्र आदेश कुमार शाही द्वितीय र तक्षशिला एकेडेमीकी छात्रा कमला शाही तृतीय भएकी छिन् ।
नेपाल रेडक्रस सोसाइटी कोहलपुर उप–शाखाका सभापति नारायण प्रसाद गौडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं. ११ वडा अध्यक्ष कर्ण बहादुर थापा, पूर्व सभापति लेक बहादुर क्षेत्री, पूर्व उसभापति बेदराज लम्साल लगायत रेडक्रस प्रेमीको सहभागिता रहेको थियो ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, भदौ २०, २०७४