कोहलपुर, १९ भदौ, थारु पत्रकार संघ नेपाल बाँके शाखाको दोस्रो साधारणसभा आइतबार नेपालगंजमा सम्पन्न भएको छ । साधारणसभामा सांगठनिक प्रतिवेदनमाथि छलफल भएको थियो ।
संघका केन्द्रीय अध्यक्ष कृष्णराज सर्वहारीको प्रमुख आतिथ्यमा भएको दोश्रो वार्षिक साधारण सभामा सचिव भगतराम थारुले कार्य प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुमित्रा चौधरीले आर्थिक प्रगति प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष सर्वहारीले थारु पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि तालिमको खाँचो रहेको बताए । थारु पत्रकारलाई पेशामा टिकाइ रहन उनीहरुलाई हौसलाको खाँचो रहेको बताउँदै संस्कृति पहिचान बचाउन पनि थारु पत्रकारको भुमिका अहम रहेको चर्चा गरे ।
थारु पत्रकारहरुलाई शसक्त बनाउन थारु समुदायले हौसला प्रदान गर्न आवश्यक रहेको बताउँदै कोहलपुर नगरपालिकाका उपप्रमुख सन्जु चौधरीले त्यसकालागि आफूले सक्दो सहयोग गर्ने बताइन् ।
थारु पत्रकार संघले छोटो समयमै थारु समुदायको लागि आर्थिक, सामाजिक तथा राजनीतिक विकासका लागि ठुलो योगदान गरेको उपप्रमुख चौधरीले भनाइ थियो ।
थारु पत्रकारले थारु समुदायको मौलिक झल्कने जस्ता सह्रानिय कार्य गर्दै आएको नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुर सिह थारुले बताए ।
नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य झलक गैरेले थारु पत्रकारलाई टिकाउन र विकाउन थारु पत्रकार संघको ठुलो भुमिका रहने चर्चा बताए ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, भदौ १९, २०७४