27 September 2021  |   सोमवार, अशोज ११, २०७८

समुहमा आवद्ध भएर आर्यआर्जन गर्दै महिलाहरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, भदौ १०, २०७४  

रावन बिश्वकर्मा, बाँसगढी, १०  भदौ / बाँसगढीमा पुरानै पेशा अंगालेर जेनतन गुजारा चलाएका विभिन्न व्यक्तिहरु अनुभव र ठाँउ अनुसारका आर्यआर्जनका पेशा अंगालेर लाभ लिन थालेका छन् । विभिन्न बंैक तथा संघ संस्थाका लद्युवित्त कार्यक्रम अनुसार विभिन्न समुहमा बसेर विभिन्न आयआर्जनका पेशामा संलग्न भइरहेका छन् ।
विभिन्न समुहमा बसेर समुहको नियम अनुसारको सहुलियत दरमा ऋण लिएर आयआर्जनका पेशा तथा व्यवसाय गरेर जीवनलाई सहज र आर्थिक स्तरलाई माथि उकास्न सफल भइरहेका छन् ।
बाँसगगढी ४ मदाह बन्जरियाकी तुल्की बिकले गरिबी निवारण कोषले सञ्चालन गरेको हरियाली समुहमा आवद्ध छिन । उनले हरियाली समुहबाट सहुलियत दरमा ऋण लिएर बाख्रा पालन सुरु गरेर अहिले राम्रो आम्दानी गरिरहेकी छिन । पहिला पहिला घर खर्च समेत चलाउन धौधौ भए पनि अहिले बाख्रा पालन सुरु गरे देखि
चाहेको बेला बाख्रा बिक्रि गरेर सहज जिवनयापन गरिरहेको बताईन । उनले बाख्रा पालन व्यवसायबाटै अहिले घरमा  टिनको छानो हाल्न सफल भएको बताइन् ।  उनले समुहमा बसे देखि आर्यआर्जन मात्रै नभएर आफुमा बोल्ने बानीको विकाससँगै  आफुले नै केही गर्न सक्छु भन्ने आत्मा विश्वास पलाएको छ ।
त्यस्तै पहिले पहिले घर व्यवहार मात्रै चलाउदै आएकी बाँसगढी ६ नारायणपुरकी प्रभा थारुले पनि समदृष्टि समुहमा बसेर बंगुरपालन पछि पनि अहिले बाख्रा पालन गरेर रामै आम्दानी गरेको बताइन् ।  उनले बाख्रापालन व्यवसायबाटै घर खर्च देखि  लिएर छोरा छोरीहरुलाई बढाउन सहज भएको बताइन् । बाँसगढी नगरपालीका ४ बन्जरियाकी दिलमाया रानाले पनि अहिले गरिवीनिवारण कोषकोले सञ्चालन गरेको हरियाली समुहमा बसेर बाख्रापालन गरिरहेकी छन् ।
बाख्रापालन व्यवसायबाट बोका, खसी पाठापाठी बेचेर वार्षिक ६० हजार सम्म आम्दानी गरिरहेकी छिन । समुहहरु  गाँउमा नआएको बेला खेतीपाती र गोठाला जाने राना अहिले बाख्रा पालन व्यवसाय तिर नै रमाउने गरेकी छिन ।

प्रकाशित मितिः शनिबार, भदौ १०, २०७४     10:26:14 AM  |