23 September 2021  |   बिहिबार, अशोज ७, २०७८

बाँसगढीमा बृक्षारोपण गरी भानु जयन्ती मनाइयो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, असार ३०, २०७४  

बाँसगढी, ३० असार / बर्दियाको बाँसगढीमा बृक्षारोपण गरी २०४ औँ भानु जयन्ती मनाइएको छ । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लक्ष्मणपुरको परिसरमा बिहिबार विभिन्न जातका बिरुवाको वृक्षारोपण गरि भानु जयन्ती मनाइएको हो ।
बाँसगढी नगरपालिकाका नगर प्रमुख (मेयर) शालिकराम अधिकारीको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा विशेष अतिथि उपप्रमुख सुष्मा चौधरी रहेका थिए । दिवसको अवसरमा बाँसगढी नगरपालिका वाड न ४ का वडा अध्यक्ष रजमान चौधरी, सदस्यहरु भक्तिराम अधिकारी, गोलरानी थारु र युद्ध कुमारी विक लगायत शिक्षक, विद्यार्थीहरुले वृक्षारोपण गरे ।
विद्यालयका प्रअ अर्जुन प्रसाद तिवारीले कार्यक्रममा उपस्थित सम्पुर्ण प्रमुख अतिथि विशिष्ट अतिथि तथा अतिथिहरुलाई स्वागत तथा सम्मान गरेका थिए । आदिकवी भानुभक्त आचार्यको २०४ औँ जन्म जयन्ती कार्यक्रम विद्यायालय व्यवस्थापन समितिका अध्यक्ष खुसीराम थारुको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मितिः शुक्रबार, असार ३०, २०७४     12:47:20 PM  |