10 September 2024  |   मङ्लबार, भदौ २५, २०८१

बाल विज्ञको आवश्यकता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, असार १७, २०७४  

जाजरकोट, १७ असार / बाल अधिकार संरक्षण र बाल विकास प्रवद्र्धन गर्न जाजरकोट जिल्लामा बाल बिज्ञको आबश्यकता रहेको महिला तथा बालबालिका कार्यालय जाजरकोटले जनाएको छ । एकल तथा विभिन्न लैङ्गिक हिंसा पिडित महिलाहरुको लागि जिल्ला सदरमुकाम खलंगामा सुरक्षित घरको आवश्यकता रहेको कार्यालयले वताएको छ ।
महिला तथा बालबालिका कार्यालयमा लैङ्गिक हिंसा सम्बन्धि परेका उजुरीहरुको पत्रकारहरुलाई जानकारी गराउदै महिला विकास अधिकृत पंकजा जोसीले जिल्लामा बाल बिज्ञ र महिलाहरुको लागि सुरक्षित घरको आबश्यकता रहेको बताइन् । उनले बाल अधिकार संरक्षण गर्न र बाल बिकासलाई प्रबद्र्धन गर्न जिल्लामा बाल बिज्ञ हुन जरुरी भएको बताइन् ।
त्यस्तै घरेलु तथा लैङ्गिक हिंसा पिडित न्यायको खोजी गर्दै गाउँ देखि सदरमुकाम आई पुगेकि महिलाहरुलाई सुरक्षित रुपमा बास बस्नका लागि सुरक्षित घर को आबश्यकता रहेको अधिकृत जोसीले बताइन् ।

प्रकाशित मितिः शनिबार, असार १७, २०७४     12:14:41 PM  |