26 April 2024  |   शनिबार, बैशाख १५, २०८१

कांग्रेसको चुनावीसभा बद्र्धहवामा सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, असार १, २०७४  

कोहलपुर, १ असार / नेपाली कांग्रेसले बुधबार कोहलपुर २ बर्दहवामा चुनावी सभा गरेको छ । चुनावी सभामा सम्बोधन गर्दै नेपाली काँग्रेसबाट मेयर पदका उम्मेद्वार भानुभक्त भट्टराईले कोहलपुरलाई चार श्रेणीमा विभाजन गरी कोहलपुरको विकास गर्ने लक्ष्य लिएको
बताए । उनले कोहलपुरलाई व्यापारिक क्षेत्र, आवास क्षेत्र, औद्योगिक क्षेत्र र कृषिक्षेत्रमा विभाजन गरी खेतियोग्य जमिनको पहिचान गरी कोहलपुरको विकासलाई जोड दिने बताए ।
साथै उनले कोहलपुर नगरपालिका भित्र आधुनिक कृषिमा जोड दिने किसानहरुलाई निःशूल्क मलखाद्य, विउविजन, विद्युत र पानी उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा बौल्दै उपमेयरकी उम्मेद्वार सन्जु कुमारी थारुले थारु जातिको परम्परागत रुपमा चलिआएको साँस्कृतिको जगेर्ना गर्नका लागि थारु प्रदेश स्तरिय थारु संग्रालय स्थापना गर्ने बताए ।
त्यस्तै नेपाली काँग्रेसबाट मेयर पदका उम्मेद्वार भानुभक्त भट्टराईले कोहलपुर ४ र १५ नम्बर वडाहरुमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

प्रकाशित मितिः बिहिबार, असार १, २०७४     3:45:52 PM  |