24 September 2023  |   आइतवार, अशोज ७, २०८०

मानव अधिकारका सवाल निर्धारणबारे छलफल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ ३०, २०७४  

कोहलपुर, ३० जेष्ठ / बाँके जिल्लाको मानव अधिकार प्राथमिकताका सवाल निर्धारण सम्बन्धी छलफल कार्यक्रम सोमबार नेपालगञ्जमा सम्पन्न भएको छ । आगामी दिनमा मानव अधिकारका प्राथमिकताका सवालहरु निर्धारण गरेर अगाडि बढ्ने उद्देश्यले राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जले कार्यक्रमको आयोजना गरेको हो ।
सरोकारवाला निकायसंग छलफल गरी प्राप्त सुझावका आधारमा राष्ट्रिय योजना आयोगमा नीतिगत सिफारिस गर्ने आयोगका क्षेत्रीय निर्देशक मुरारीप्रसाद खरेलले जानकारी  दिए ।
कार्यक्रमा सहभागी सरोकारवालाहरुले बाँके जिल्लामा बालअधिकारसंग सम्बन्धित बाल विवाह, बालश्रम, बालबालिका माथि हुने शारीरिक दण्ड सजाँय, महिला अधिकारसंग सम्बन्धित घरेलु हिंसा, यौनजन्य दुव्र्यवहार, मानव वेचविखन, जेष्ठ नागरिकका अधिकार, अपाङ्गता भएका व्यक्तिको पहुँच र संरक्षण, द्वन्द्व पीडितलाई न्याय, स्वास्थ्यको अधिकार, शिक्षाको अधिकार, सवै प्रकारका विभेद, खाद्य अधिकार तथा खाद्य सुरक्षा, वातावरणीय अधिकार, स्वास्थ्य तथा सरसफाई, विकासको अधिकार, प्राकृतिक प्रकोप, भौतिक पूर्वाधारको विकास, काुननी सचेतना जस्ता सवाललाई प्राथमिकतामा राखिनु पर्नेमा जोड दिए । प्रमुख जिल्ला अधिकारी रवीलाल पन्थले आयोगले मानवअधिकारका प्राथमिकताका सवाल छनौट गरेर सोही बमोजिम आगामी दिनमा कार्य गरेमा सामाजिक न्याय र मानवअधिकारको प्रत्याभूति हुने बताए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टेकप्रसाद राई, जिल्ला शिक्षा अधिकारी भीमबहादुर साउँद, मानवअधिकारकर्मी, नागरिक समाज, कानुन व्यवसायी, सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ ३०, २०७४     12:39:54 PM  |