20 April 2021  |   बुधबार, बैशाख ८, २०७८

बाँकेमा मनाइयो श्रमिक दिवस

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख १९, २०७४  

कोहलपुर, १९ बैशाख /  १ सय २८ औँ अन्तराष्ट्रिय श्रमिक दिवस बाँकेमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । विभिन्न मजदुर संघसंगठनहरुले विभिन्न कार्यक्रम गरी दिवस मनाएका हुन् । दिवसका अवसरमा सोमबार नेपालगन्जमा नेपाली कांग्रेस निकट नेपाल ट्रेड युनियन काँग्रेसले ¥याली निकालेको छ ।
सोमबार बिहान सेतुविक चोकबाट सूरु भएको ¥याली न्यूरोड, त्रिभुवन चोक, विपी चोक हुँदै पार्टी कार्यालयमा पुगेर कोणसभा भएको थियो ।
¥यालीमा पार्टी निकट मजदुर युनियन, भातृ संगठन, पार्टी नेता, कार्यकर्ता र शुभेच्छुकको सहभागिता थियो । श्रमको सम्मान गरौं, श्रमीकको सुरक्षा गरौं, स्थानीय सरोकार हाम्रो सरोकार लगायतका प्लेकार्डसहित विभिनन श्रमीक संघ संगठन, शाकर्मीको सहभागिता रहेको थियो । सभामा काँगे्रस केन्द्रीय सदस्य किशोर सिंह राठौरले लोकतन्त्रले नै मजदुर र व्यवसायको सर्वोत्तम हित गर्न सक्ने भन्दै लोकतन्त्रको संस्थागत विकासमा जुटन आग्रह गरेका बताए ।
केन्द्रीय सदस्य राठौरले ट्रेन यूनियन, भातृ संघ संगठनकै बलमा कांगे्रस बलीयो हुने भएकाले यसको सुदृढीकरण र विकासमा जोड दिए । काँगे्रस सभापति किरण कोइरालाले औद्योगिक विकासमा मजदुरको योगदानको प्रशंसा गर्दै संगठीत हुन आह्वान गरेकी छन् ।
ट्रेड यूनियन काँगे्रस सभापति विरन्द्र शाहको अधयक्षतामा भएको कार्यक्रममा ट्रेड यूनियन काँगे्रस केन्द्रीय उप महासभिव आशा सिंह राठौर, ट्रेड यूनियन ५ न प्रदेश संयोजक मुकुन्द अधिकारी, ट्रेड यूनियन काँगे्रस संगठन प्रमुख नम बहादुर आले लगायतले मजदुर दिवसका सन्दर्चमा सम्वोधन गरेका थिए । कार्यक्रममा ट्रेड यूनियन काँगे्रस जिल्ला महिला उपाध्यक्ष लक्ष्मी पौडलले स्वागत गरेका थिए । यस्तै अखिल नेपाल ट्रेड युनियन महासंघले कोहलपुरमा दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ । नेपालमा विराटनगरमा २००७ सालमा भएको मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो ।
यस्तै दिवसका अवसरमा लर्डबुद्ध एजुकेशनल एकेडेमी लिमिटेड कर्मचारी संघ विभागिय कमिटि नेपालगन्जको आयोजनामा रक्तदान गरिएको हो । बृहत रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा नेत्र बहादुर खत्री, सावुद्दिन खान, डाक्टर रोशन सापकोटा, डा.पियुस कनोडिया, डा. सुवास योगी, कुमारी अधिकारी, रमेश रावल लगायतले रक्तदान गरेका थिए । लर्डबुद्ध एजुकेशनल एकेडेमी लिमिटेड कर्मचारी संघ विभागिय कमिटिका अध्यक्ष केपी घिमिरेको अध्यक्षतामा भएका बृहत रक्तदान कार्यक्रममा केन्द्रिय अध्यक्ष शुभास खनाल, डा. सुरेश कनोडिया लगायतको सहभागिता रहेको थियो । लर्डबुद्ध एजुकेशनल एकेडेमी लिमिटेड नेपालगन्ज मेडिकल कलेजको सहयोगमा भएको रक्तदान कार्यक्रमको प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी क्षेत्रिय रक्तसंचार सेवा केन्द्र नेपालगन्जले गरेको थियो ।

प्रकाशित मितिः मङ्लबार, बैशाख १९, २०७४     12:41:49 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *