2 March 2021  |   मङ्लबार, फाल्गुन १८, २०७७

मिसन टुडेद्वारा मिसनकर्मी सम्मानित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, फाल्गुन २१, २०७३  

कोहलपुर, २१ फागुन /मिसन टुडे दैनिकले नेपाल पत्रकार महासंघ बाँके शाखाको कार्यसमिति, प्रदेश पार्षद र केन्द्रीय पार्षदमा निर्वाचित हुन सफल आफ्ना संचारकर्मीहरुलाई सम्मान गरेको छ । उनीहरुलाई पत्रिकाका प्रकाशक÷प्रधान सम्पादक बिनोद पौडेल, निर्देशक पार्वती कोइराला र साहित्य सम्पादक महानन्द ढकालले संयुक्त रुपमा कदर पत्र प्रदान गर्दै सम्मान गरेका हुन् । यसरी सम्मानित हुनेमा महासंघको कार्यसमिति सचिव तिलक गाउँले, कोषाध्यक्ष केशव राना, सदस्य शंकर अशान्त, केन्द्रीय पार्षद पवन थापा, प्रदेश पार्षद अशोक विष्ट, खड्क रावत रहेका छन् ।
सम्मान कार्यक्रममा प्रेस चौतारी बाँके अध्यक्ष हेमन्त बिक, दलित सेवा संघ बाँके अध्यक्ष कृष्ण बिक, लेखक सागर गैरे लगायतले शुभकामना व्यक्त गरेका
थिए । पत्रिकाका प्रकाशक÷प्रधान सम्पादक बिनोद पौडेलको सभापतित्वमा भएको कार्यक्रमको संचालन साहित्य सम्पादक महानन्द ढकालले गरेका थिए ।

प्रकाशित मितिः शनिबार, फाल्गुन २१, २०७३     12:27:42 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *