20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

नमुना विद्यासदनको वार्षिकोत्सव सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, फाल्गुन २१, २०७३  

कोहलपुर, २१ फागुन / कोहलपुर ८ पिपरीस्थित नमुना विद्या सदन मा.वि. ले शुक्रबार दशौं वार्षिकोत्सव सम्पन्न गरेको छ । नमुनाले पुरस्कार वितरण लगायतका विभिन्न कार्यक्रम गर्दै वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा बाँकेका जिल्ला शिक्षा अधिकारी भीमबहादुर साउदले नमुना विद्या सदनले गरेको शैक्षिक प्रगतिको प्रशंसा गरे । प्रमुख अतिथि उनले विद्यार्थीहरुको चौतर्फी विकासका लागि विद्यालयले विशेष
ध्यान पु¥याउन जरुरी रहेको
बताए ।
कार्यक्रममा जिल्ला शिक्षा कार्यालय बाँकेका विद्यालय निरीक्षक जीवन न्यौपाने, लाइफ कोचिङ्ग एकेडेमी काठमाडौंका प्रबन्ध निर्देशक देशराज दाहाल, एन प्याब्सनका केन्द्रीय सदस्य कुसुम रानाभाट, एन प्याब्सन बाँके अध्यक्ष कुबेर बस्नेत, क्रिसा अध्यक्ष गोविन्द चौधरी लगायतको उपस्थिति थियो ।
कार्यक्रम विद्यालयका अध्यक्ष शिव डाँगीको सभापतित्वमा भएको थियो ।

प्रकाशित मितिः शनिबार, फाल्गुन २१, २०७३     12:24:39 PM  |