29 March 2024  |   शुक्रबार, चैत्र १६, २०८०

एकै रातमा तीन घर जले

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, फाल्गुन २०, २०७३  

कोहलपुर, २० फागुन / बुधबार राती छुट्टाछुट्टै तीन ठाउँमा आगलागी भएको छ । फत्तेपुर ६ लालपुर स्थित तिलकराम खड्काको खरले छाएको घरको भान्सा कोठामा राती साढे १० बजे आगलागी भएको हो ।
अचानक आगलागीबाट अन्नपात, भाडा बर्तन, टि.भी., सोलार, डेढ तोला सुन, काठपात र नगद रु. दश हजार गरी करिब ३ लाख बराबरको क्षति भएको बाँके प्रहरीले जनाएको छ ।
उक्त आगो स्थानीय र प्रहरीको सहयोगमा करिब ११ बजे नियन्त्रणमा आएको थियो । यस्तै राती करिब ११ बजे साइगाउँ २ का राधे काँधुको खरले छाएको एकतले घरमा आगलागी भयो । आगलागीबाट २ लाख ८४ हजारको क्षति भएको छ । यस्तै नजिकै सटेर रहेको पातु काँधुको गोठ जलेर ६० हजार बराबरको क्षति भएको बाँके प्रहरीको भनाई रहेको छ । आगो राती १२ बजे पूर्ण रुपमा नियन्त्रणमा लिइएको थियो ।  यस्तै मध्यरातमा फत्तेपुर ३ नयाँवस्तीका रामकुमार मौर्यको घर जलेको छ । एक्कासी आगलागी हुँदा फुसले छाएको १ तले घर जल्दा २६ हजार बराबरको क्षति भएको बाँके प्रहरीले जनाएको छ । राती सवा १ बजे आगो नियन्त्रणमा लिइएको प्रहरीको भनाई रहेको छ ।

प्रकाशित मितिः शुक्रबार, फाल्गुन २०, २०७३     12:14:30 PM  |