26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

धान नपसाउँदा कृषक चिन्तामा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, अशोज ४, २०७३  

खगेन्द्र दाहाल
कोहलपुर, असोज ४
सुख्खा क्षेत्रमा हुने राधा ४ जातको धान भनेर एग्रोभेटबाट खरिद गरेको धान नपसाउदा कृषक चिन्तामा परेका छन् । ‘छरछिमेक सबैका धानका बाला लाएर पनि भित्राउन लागिसके आफ्नो भने अझै पसाएको छैन’ चिन्तीत हँुदै कृषक राम बहादुरले गुनासो गरे । छिटै पसाउला भनेर २२ असारमा राधा ४ जातको धान रोपेका कचनापुर ९ राजपुरका राम बहादुर भण्डारीको धान पसाउने छनक नदेखिएपछि चिन्तीत बनेका हुन् । ‘नेपालगञ्जको चितवन एग्रोभेट बाट राधा ४ जात भनेर ल्याएको धानको विउ लगाए तर अहिले अर्कै जात प¥यो’ उनले भने । कृषक राम बहादुरले १० कट्ठा क्षेत्रफलमा उक्त धान लगाएका छन् । उनि सगै राजपुरकै कृषक दल बहादुर खत्रिले कृषक राम बहादुर संग विउ मागेर आफ्नो २ कट्ठा क्षेत्रफलमा धान लगाए अहिले उनको बारीमा पनि धान पसाएको छैन । ‘पानी पनि सिचाई गरिरहेका छौं तर पनि किन धान पसाएन अब हामीले के खाने ?’ उनले प्रश्न गरे । ‘मेरो घरपरिवारले वर्षभरी खाने खाद्यान्न नै यही हो सबैका धान फलिसके मेरो त पसाउने सुरसार नै छैन’ उनले धान खेततिर देखाउँदै भने ।
धान बाली पछि तोरी बाली लगाउने सोच बनाएका कृषक राम बहादुरले तोरी लगाउन नफलेको धान नै काटेर फाल्नु पर्ने भएको छ । ‘धान कतिपनि पसाएको छैन होचो पनि छ त्यसमा पनि धानको हरियो पातमा कालो धव्वा देखिन थालेको छ’ उनले थपे ‘धेरै ठाउँमा जरा पनि कुहिएको छ, चिस्यान हुने स्थानमा समेत धान सुकिरहेको छ ।’ राधा ४ भनेर एग्रोभेटबाट ल्याएको धानमा यस्तो समस्या देखा परेपछि उनी अचम्ममा परेका छन् । कृषक राम बहादुर भन्छन, ‘मैले अहिले सम्म यस्तो समस्या देखेकै थिएन । एक कट्ठा क्षेत्रफलमा २ कुइन्टल सम्म उत्पादन हुन्थो तर यो वर्ष दुई किलो पनि नआउने भो अहिले सम्म पसाको पनि छैन ।’  कृषक राम बहादुरको खेतमा यस्तो समस्या देखा परे पछि उनी धानको एक गाज उखलेर कृषि सेवा केन्द्रमा गुनासो गर्न पुगे । कृषि सेवा केन्द्र कोहलपुरका प्रमुख ससेन्द्र शाही कृषकसगै पुन बालि अबलोकन गर्न तत्कालै खेतमै पुगेका थिए । कृषि सेवा केन्द्रका प्रमुख शाहीले धान राधा ४ नभएको बताए । राधा ४ भनेर अरु कुनै जातको धान कृषकलाई एग्रोभेटले थमाइदिएको उनको भनाई छ । धानलाई सुधार गर्न सकिन्छकी भनेर उनले बेविस्टीन २ ग्राम प्रतिलिटर पानीमा घोलेर स्प्रे गर्न सुझाव दिएका छन् । साथै एक कट्ठा जग्गामा २० देखि २५ लिटर सम्म पानी सिचाई गर्ने र स्प्रे गरेको कम्तीमा ४ घण्टा सम्म घाम लागिसकेपछि युरिया एक केजी प्रतिकट्ठाका दरले छर्न सल्लाह दिएका छन् ।

प्रकाशित मितिः मङ्लबार, अशोज ४, २०७३     10:40:51 AM  |