24 September 2023  |   सोमवार, अशोज ८, २०८०

हिलारी क्लिन्टन स्वस्थ र फिट छिन् : चिकित्सक

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, भदौ ३०, २०७३  

काठमाडौं, भदौ ३० । अमेरिकी राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टन स्वस्थ रहेको चिकित्सकहरुले दावी गरेका छन् । नोभेम्बरमा हुने राष्टपति पदको निर्वाचन अभियानमै रहेका बेला एकाएक विरामी भएको खबर सार्वजनिक भएपछि चुनावी अभियानमै असर पर्ने देखिएको थियो । क्लिन्टनको स्वास्थ्यस्थितिबारे सर्वत्र चासो र चिन्ता हुन थालेपछि उनको निजी चिकित्सकको टोलीले अमेरिकी राष्ट्रपतिका रुपमा काम गर्न उनी स्वस्थ र फिट रहेको दावी गरेका हुन् । चुनावी अभियानसँगै जारी गरिएको मेडिकल अपडेटमा क्लिन्टनमा देखिएको निमोनियाको प्रभाव क्रमशः कम हुँदै गएको जनाइएको छ । (एजेन्सी)

प्रकाशित मितिः बिहिबार, भदौ ३०, २०७३     11:49:57 AM  |