19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

खुट्टा भाँचिएका तुलसीरामको उपचारमा शेरेन्द्रको सहयोग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, भदौ २७, २०७३  

विश्वराज पछल्डङ्ग्या
कोहलपुर, भदौ २७
सुर्खेत भेरीगंगा नगरपालिका–४, झिग्नीकी दृष्टिविहिन कुश्मा सुनारको पीडामा मल्हम पट्टी लगाउने काम नेपालगन्ज मेडिकल चिसापानीमा कार्यरत शेरेन्द्र कुमार सोनीले गरेका
छन् ।
एकातिर दृष्टिविहिन अर्कोतिर खुट्टा भाँचिएर अस्पताको बेडमा रहेका श्रीमान र सानो बालकको हेरचाह गर्न गाह्रो परिरहेको बेला शेरेन्द्रले उपचारका लागि रकम संकलन गरे भने अर्कोतिर अस्पतालमा उपचार गराई रहेका कुश्माका श्रीमान तुलसीराम विकको हेरचाहमा आफ्नी छोरी र श्रीमतिलाई लगाए ।
घरको खम्बाको रुपमा रहेका श्रीमानको नै खुट्टा भाँचिएर अस्पतालमा भर्ना भएपछि उपचारका लागि रकमको जोहो गर्ने दायित्व पनि उनै दृष्टिविहिन कुश्माको काँधमा थपियो । अस्पतालको बेडमा रहेका श्रीमान, २ बर्षको चन्चले छोरा र अप्रेशनका लागि दौडधुप गनुपर्दा उनलाई ठूलै समस्या परेको
थियो । उनलाई पैसाको जोहो कसरी गर्ने भन्ने पिरलो त छँदै
थियो । उनको पीडामा मल्हम पट्टी लगाउने काम शेरेन्द्र र विरामीका कुरुवाले गरेको कुश्माले सुनाइन् ।
कामका लागि भारतको हिमाञ्चल गएका बेला उनका श्रीमान तुलसीरामको स्याउ बोक्ने क्रममा चिप्लेर लड्दा दाहिने खुट्टा भाँचिएको छ । विकलाई त्यहाँ रहेका नेपालीले रकम संकलन गरेर नेपालगन्जसम्म आउने ब्यवस्था मिलाए । पैसा कमाउन गएका श्रीमान भाँचिएको खुट्टा ल्याएर स्वदेश फर्किएको भन्दा उनलाई उपचार कसरी गराउने भन्ने चिन्ता थपियो । उपचारका लागि रकम संकलन गरेर शेरेन्द्रले ठूलो गुण लगाएको उनले सुनाइन् । ‘शेरेन्द्र दाईले लगाएको यो गुण मैले कहिल्यै बिर्सिन सक्ने छैन,’ कुश्माले
भनिन् ।
सुर्खेत भेरीगंगा नगरपालिका–४, झिग्नीका तुलसीराम बिकको उपचारका लागि नेपालगन्ज मेडिक कलेज चिसापानीमा कार्यरत शेरेन्द्र कुमार सोनीले रकम हस्तान्तरण गरेका छन् । सोनीले आइतबार नेपालगन्जमा आयोजित एक कार्यक्रममा खुट्टा भाँचिएर नेपालगन्जस्थित वेष्टर्न हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचाररत विकको उपचारका लागि ७० हजार ५ सय ७ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । विककी श्रीमति दृष्टिविहिन हुन् । उनका २ बर्षका एक छोरासमेत छन् ।
कामका लागि भारतको हिमाञ्चल गएका बिक स्याउको भारी बोक्ने क्रममा चिप्लेर लडेका थिए । लड्दा उनको दाहिने खुट्टा भाँच्चिएको थियो । उनलाई त्यहाँ रहेका नेपालीले रकम संकलन गरेर नेपालगन्जसम्म पु¥याएको बिकले बताए । उनलाई शेरेन्द्रले नै जमानी बसेर अस्पतालबाट ल्याएका छन् । ‘पैसा नतिर्दासम्म जान पाउनु हुन्ने भन्ने जवाफ अस्पतालले दिएको थियो,’ विकले भने ।
उपचार गर्दा लाग्ने रकम अभाव हुँदा उनको उपचारमा समस्या परेको उनकी श्रीमति कुश्मा सुनारले बताइन् । उनले शेरेन्द्रलाई भगवानको रुपमा लिएको बताइन् । ‘फोन सम्पर्कमा नआएको भए उपचारमा समस्या आउने थियो,’ उनले भनिन्, ‘गहना बिक्रि गरेर श्रीमानको उपचार गरारहेको छु ।’
शेरेन्द्र नेतृत्वको टोलीले बिभिन्न ब्यक्ति, संघ, संस्थाबाट सहयोग संकलन गरेको थियो । चेक ग्रहण कार्यक्रममा बोल्दै कुश्माले यो सहयोगबाट श्रीमानको जीवनरक्षा भएको बताइन् ।
वेष्टर्न हस्पिटल एण्ड रिसर्च सेन्टरले विकको उपचारमा लागेको खर्चको ५० प्रतिशत छुट गर्ने भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर कर्मचारी संगठनका अध्यक्ष टिएन रावतको पहलमा रिसर्च सेन्टरका बरिष्ठ हाड, जोर्नी, नसा रोग विशेषज्ञ डा. बिनोद थापाले विकको उपचारमा
लागेको खर्चको ५० प्रतिशत छुट दिने आश्वासन दिएका छन् ।
शेरेन्द्रले प्रदान गरेको रकम विक परिवारले खुट्टामा राखिएको रड निकाल्नमा र अस्पतालमा बुझाउनु पर्ने बाँकी रकम तिर्ने भएको छ । ‘विक्रि गरौँ भने घरमा केहि पनि छैन, एउटा भएको सुनको माला पनि विक्रि गरिसके,’ दृष्टिविहिन तुलसीरामकी श्रीमति कुश्माले भनिन्, ‘घरपरिवारबाट सहयोग हुने सम्भावना पनि छैन ।’
तुलसीरामले दृष्टिविहिन कुश्मालाई विवाह गरेपछि परिवारसँग उनको सम्बन्ध राम्रो छैन । बोलचाल भएपनि लेनदेन ब्यवहार नभएको कुश्माले सुनाइन् । ‘यस्तो दृष्टिविहिनलाई विवाह गरेको भन्दै परिवारका सदस्यले नराम्रो नजरले हेर्ने गरेका छन्,’ उनले भनिन् । दृष्टिविहिन कुश्माका श्रीमानलाई आर्थिक सहयोग गर्न पाएकोमा आफू सन्तुष्ट भएको शेरेन्द्रले बताए । उनले कुश्मालाई बहिनीको रुपमा लिएर उनका श्रीमानको उपचारका लागि सहयोग रकम संकलन गरेको बताउँदै उनले रकम संकलन र कुश्माका श्रीमानको हेरचाहका लागि छोरी र श्रीमतिलाई समेत खटाएको बताए । उनले उक्त रकम कोहलपुर, चिसापानी, सम्शेरगन्ज लगायत गाविसमा संकलन गरेको जानकारी दिए । ‘मैले कुश्मा बैनीको बेदना सुन्न नसकेर रकम संकलन गर्न थाले, आफू एक्लै नभएर छोरी र श्रीमतिलाई समेत लगाएँ,’ उनले भने, ‘हराउँदै गएको मानवियतालाई बढाउनु पर्छ भन्ने मेरो मान्यता छ ।’ कार्यक्रममा युरेशिया रेयूकाई नेपालगन्जका चक्र बहादुर चन्दले पीडित बिरामीलाई सहयोग गर्नु उत्कृष्ट समाजसेवा भएको बताए । उनले तुलसीरामलाई १० हजार रुपैयाँ सहयोग गर्ने घोषणा समेत गरेका छन् ।

प्रकाशित मितिः सोमवार, भदौ २७, २०७३     11:23:30 AM  |