24 September 2023  |   आइतवार, अशोज ७, २०८०

गाँजा सहित तीन पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, साउन ३२, २०७३  

कोहलपुर, साउन ३२
कोहलपुर प्रहरीले गाजा सहित तीन व्यक्तिलाई प्रक्राउ गरेको छ । सोमबार बिहान १० बजे आधा केजी बढी गाँजा सहित कोहलपुर हाइस्कुल नजिकबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेपालगञ्ज ७ का गजेन्द्र शर्मा, रञ्जित बर्मा र विशाल सोनकर रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक नवराज पोख्रेलले बताए । मोटरसाइकलमा तीन जना चढेका उनीहरु ट्राफिक प्रहरीको चेकजाँचमा पर्ने डरले झोला फालेर भागेकाले शंका लागेर झोला हेर्दा गाँजा भेटिएको प्रहरीको भनाई छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पोख्रेलले बताए ।

प्रकाशित मितिः मङ्लबार, साउन ३२, २०७३     10:00:10 AM  |