27 September 2021  |   सोमवार, अशोज ११, २०७८

कर्णाली अंचलको संक्षिप्त परिचय

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, साउन २७, २०७३  

bishnukant Acharya

विष्णुकान्त आचार्य
नेपाल अधिराज्यको १४ अञ्चलहरु मध्ये अति पिछडिएको अञ्चल कर्णाली हो । यसको उत्तरमा चिनको स्वशाशिता क्षेत्र तिनवटा, दक्षिणमा दैलेख, जाजरकोट रुकुम, पूर्वमा हिमालपारीका जिल्ला मुस्ताङ्ग र मनाङ जिल्ला र पश्चिममा अछाम र बाजुरा जिल्ला पर्दछन् । कर्णाली अञ्चलमा जुम्ला, मुगु, हुम्ला, डोल्पा र कालिकोट गरी ५ जिल्ला छन् । यहाँको अञ्चल सदरमुखकाम जुम्लाको खलङ्गा बजार हो ।
भौगोलिक बनावटको हिसावमा अति विकट भए पनि प्राकृतिक सुन्दरताले र अमूल्य जडीबुटी, दुर्लभ बन्यजन्तुले गर्दा यो अञ्चल नेपालकै धनि मानिन्छ । नेपालकै सवभन्दा ठूलो ताल लम्बाई ५.२ चौडाई १.५ बर्गमिटर गहीराई १६७ मिटर भएको रारा दह यही अञ्चलमा पर्दछ । २०२० सालमा यही दहको नाम महेन्द्र ताल घोषण भएको थियो । अर्को नेपालकै सवभन्दा गहिरो ताल फोक्सण्डो ताल डोल्पा जिल्लामा पर्दछ । यसको गहिराइ ६५० मिटर छ । अर्को गिडि दह पनि एउटा खानोताल छ । यो जुम्ला जिल्लामा पर्दछ । नेपालकै सवभन्दा लामो नदी कर्णाली र ठुलो झरना पंचाल झरना पनि कर्णालीमै पर्दछन् । यहाँ नेपालकै दुर्लभ मानिने कस्तुरी मृग रातो पण्डा डाँफे आही पशुपंक्षी पाइनुको साथै (जीवन वुटी) यार्सागुम्बा पाँचऔले (हातेजडी) शिलाजित जस्ता थुप्रै औषधी जन्य जडीबुडी प्रशस्तै पाइन्छन् । यस अंचलको डोल्पा जिल्ला सबै भन्दा ठुलो जिल्ला हो यसको क्षेत्रफल ७८८९ बर्गकिलोमिटर भएकै कारण कर्णाली अंचल बसैभन्दा ठुलो अंचल मानिन्छ । हुम्ला पनि क्षेत्रफलमा दोस्रो ठुलो जिल्लामा पर्दछ । हुम्लाको सहरमुकाम सिमिकोट नेपालकै सबभन्दा अग्लो ठाउँमा अवस्थित भएको सदरमुकाम हो ।

300px-Karnali_districts
कर्णाली अंचल हाल सम्म एउटा नगरपालिका (चन्दन नाथ) र १३० वटा गाविस छन् । चन्दन नाथ भैरख नाथ, कनकासुन्दरी, गिपुरा सन्दरी, कालिका मालिका छायाक्षेत्र ठाकुर ज्यू, ऋणिमक्ष ठाकुर ज्यू, कार्तिक स्वामी ठाकुर ज्यू, थार्प मस्टादेव लगायतका १२ भाइ मष्टा बुहसंख्याक गुम्बाहरु पनि छन् । राष्ट्र भाषाको उद्गम स्थल सिजाउपत्यका पनि यही अंचलमा पर्दछ । सिजाम इ.सं. ११५० मा नागराजले खस राज्यको स्थापना गरेका थिए । यहाँ बलिराज, जालन्धा, शाही र मल्ल लगायतका राजाहुने बाइसे, चौविसे राज्य चलाएका थिए । कर्णाली प्रदेशको राजधानी सिजाले खस राज्य चलाएका ठाउँहरु निम्नानुसार छन् । नुवाकोट, गोरर्खा, ढोर, भिटकोट, स्याङजा, कास्की सतछकोट, लम्जुङ्ग, तनहुँ, रिसिङ्ग, पंयु, पाल्पा, गुल्मी, अर्घा, खाँची धुरकोट, पर्वत, गलकोट, प्यूठान मुसिकोट, मुस्ताङ र दैलेख आदी ठाउँमा राज्य चलाइएका कुराहरु सिलालेखहरुमा खेखिएका छन् । ईसाको एघारौ शताब्दीमा नेपाली खस भाषाको उत्पत्ति भएको र पृश्वीनारायण शाहको नेपाल एकिकरण अभियान सँगसँगै पूर्वी नेपालमा पनि फैलिएका कुरा योगी नरहरी नाथ ज्यूको लेखमा पनि उल्लेख गरिएको छ । कर्णाली अंचल स्याउ खेतीको लागि पनि प्रख्यात छ । जुम्ला जिल्ला भित्रै एघार वटा गाविस भएको सिजाउपत्यका छ । यहाँ परापूर्वकालमा पाण्डव र कौरबको लडाईको समयमा पाण्डबको १२ वर्ष बनवास १ वर्ष गुप्त वासको समयमा पाण्डबहरुले यही विताएको र राजा विराटको दरबार पनि विराट गाविसमा भएको र राजा विराटकै आसयमा पाण्डबहरु पाण्डब गुफामा बसेका गुफा पनि पाण्डबगुफा गाविसमा जस्ताको तस्तै छन् । विराट राजाको दरबारका भग्नावशेष छन् भने पाण्डब गुफा पाण्डबका ५ भाइका र दौप्रतीका ६ वटा गद्धीहरु जस्ताका तस्तै छन् । विराट र पाण्डब गुफा ४÷५ किलोमिटर दुरीमा भए पनि पाण्डब गुफा र विराटको दरबार भित्र आवास वाणी हुने गरेको कुरा किम्वदन्तीमा छ तर अहिले पनि विराटको दरबारमा ढुङ्गाले आवाज दिएमा पाण्डब गुफामा प्रष्ट आवाज सुनिन्छ भन्दछन् । विराटको सानला किचकलाई पाण्डबका भिमले राष्ट्रिय नाचघरमा मारेर हिमानदीहरुमा बगाइदिएपछि सो लास धाँपा गाविसको जाँच जिवर्खा छँदैछ । सीजा उपत्यकाको कनकासुन्दरी गाविस जहाँ ककनका सुन्दरीदेखिको प्रख्यात मन्दिर छ । पहिलेका राजाको राजधानी त्यहीठाउँमा थियो । त्यो ठाउँलाई हाट सिजा पनि भनिन्छ । महिले त्यहाँ हाट भएकोले हाट–सिजा भनिएको हो । हाटसिजामा पहिलेएउटा प्रपापिलामा बस्ने गरेको थियो । त्यहाँ को राजधानी खतम भए पछि लामा त्यहीका गुफाहरुमा विलय भएका थिए, भन्ने भनाई छ । हाल ती गुफाहरुमा बुद्धका मुर्तिहरु, मन्दिर र गुम्बाका मूर्तिहरु अहिले पनि पाइने गरेका छन् । आजका मूर्ति सबै ल्याएर आउँछ भोली त्यतिकै मात्रामा भेटिने गरेका कुरामा सत्यता छ । यसरी कर्णाली संक्षित परिचय प्रकाशित गर्ने जमर्को गरेको छु ।

प्रकाशित मितिः बिहिबार, साउन २७, २०७३     12:29:04 PM  |