21 January 2022  |   शुक्रबार, माघ ७, २०७८

सुरक्षा माग्दै प्रशासन गुहारे सुकुम्बासीले

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, साउन २४, २०७३  

कृष्ण ओली
कोहलपुर, साउन २४
सुरक्षा माग्दै बा“के बागेश्वरीका सुकुम्बासीहरुले बा“केका प्रमुख जिल्ला अधिकारीलाई गुहारेका छन् । शुक्रबार सा“झ ट्यापे मुन्द्रेहरुको ठुलो समुहले बागेश्वरी ३ क गाउ“का सुकुम्बासीहरुलाई बस्ती नछोडे ज्यान मार्ने धम्की दिएको थियो । जग्गा मालिक रमेश थापाको नेत्तृवमा गएको समुहरुले आफुहरुस“ग भएको हतियारले समयमै बस्ती नछोडे उडादिने भन्दै मानिसहरुलाई धम्की दिएका थिए । सुकुम्बासीहरुको एक समुहले बा“केका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थलाई भेटेर सुरक्षाको व्यवस्था मिलाइदिन आग्रह गरेको हो । शुक्रबार साँझ नै थापाले प्रहरी ल्याएर सुकुम्बासी बस्तीमा जोडिएको विद्यूत् समेत काटिदिएका थिए । प्रमुख जिल्ला अधिकारी पन्थले घटना बारे आफुलाई केही थाहा नभएको भन्दै घटनाबारे बुझ्ने बताए । विद्यूत् पनि यथाशिघ्र जोडिदिन उनीहरुले माग गरेका छन् । सार्वजनिक जग्गा २०३६ सालमा पूर्वका एक सरकारी कर्मचारीले श्रीमती र सानीआमाको नाममा गरेको जानकारहरु बताउँछन् । २ बर्ष पहिले मात्र थापाले न्युन मूल्यमा उनीबाट १५ बिगाहा जग्गा खरिद गरेका थिए । यो बस्तीमा २०२८ सालदेखि ४५ घर सुकुम्बासीहरु बस्दै आएका छन् । बिना जानकारी थापाले पैसाको भरमा गुण्डा परिचालन गरेर बस्तीमा आएर मानिसहरुलाई धम्की दिने गरेको सुकुम्बासीहरु बताउँछन् । नेकपा माओवादी केन्द्र बा“के र नेकपा माओवादी विप्लपको जिल्ला नेतृत्वले प्रमुख जिल्ला अधिकारीलाई भेटेर थापाले बोक्ने २ वटा अत्याधुनिक हतियारको बारेमा छानविन गर्न माग समेत गरेका छन् ।

प्रकाशित मितिः सोमवार, साउन २४, २०७३     2:45:41 PM  |