23 October 2021  |   शनिबार, कार्तिक ६, २०७८

नग्न तस्वीर धरौटीमा राखेर ऋण !

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, असार १, २०७३  

बेइजिङ, असार १ । विश्व अर्थतन्त्रमा ठूलो हिस्सा ओगट्दै आएको मुलुक चीनमा सर्वसाधारण नागरिकले सहज रुपमा ऋण प्राप्त गर्न नसकेको तथ्य प्रकाशमा आएको छ । सरकारी बैंकले ऋण प्रवाहमा कडाई गरेपछि केही निजी बैंकले त्यसको भरपुर फाइदा उठाउन थालेका छन् । चिनियाँ संचारमाध्यमका अनुसार त्यस्ता केही बैंकलले ऋण दिनुअघि ग्राहकको नग्न तस्वीर लिने गरेका छन् । ‘ऋण असुलीका लागि आधार’ भन्दै उनीहरुले नग्न तस्वीरलाई धरौटीस्वरुप राख्ने गरेको बताइन्छ । यतिमात्र होइन, ऋणको ब्याजसमेत निकै महँगो दरमा असुल्ने गरेका छन् । कयौं विद्यार्थीले त्यसरी नै ऋण लिएर सातोतिनो व्यवसाय गर्दै आएका छन् । जियाङ्गसुकी लिन जियाओले नग्न तस्वीर धरौटीमा राखेर ऋण लिएको स्वीकार गरेकी छन् । सानो व्यवसाय सुरु गर्नका लागि आफूले एक लाख २० हजार युआन ऋण लिएको उनले बताइन् । आफूलाई ऋणदाताले चाँडो ऋण तिर्न लगातार दबाब दिदैं आएको उनको भनाई छ । ऋण नतिरे नग्न तस्वीर सार्वजनिक गर्ने धम्की दिने गरेको उनले बताइन् ।चिनियाँ सरकारी पत्रिका ‘चाइना डेली’का अनुसार ऋणदाताले राष्ट्रिय परिचयपत्रका साथ ग्राहकको नग्न तस्वीर लिने गर्दछन् । ऋण नतिरेको खण्डमा उनीहरुले उक्त तस्वीर सार्वजनिक गर्ने धम्की दिने गर्दछन् । (एजेन्सी)

प्रकाशित मितिः बुधबार, असार १, २०७३     8:09:42 AM  |