के सी शेर
अष्टिन , टेक्सास बैशाख २८
अमेरीका टेक्सासको अष्टिनमा बसोवास गर्ने नेपालीहरुको साझा संस्था ग्रेटर अष्टिन नेपाली सोसाइटी ग्यान्सले कार्यसमिती सदस्यको दुई खाली पदमा पदपुर्ती गरेको छ । आइतवार बसेको सोसाइटीको बैठकले दुई खाली कार्यसमिती सदस्यमा राजेन्द्र के सी र राज श्रेष्ठलाई मनोनित गरेको सोसाइटीका अध्यक्ष गेहेन्द्र के सी ले जानकारी दिनुभयो । बिभिन्न कारणले खाली भएका दुर्य सदस्य पदमा ग्यान्सले गर्दै आएका बिभिन्न कार्यक्रममा सक्रिय हुदै आएका के सी र श्रेष्ठलाई सदस्यमा मनोनित गरेपछि कार्य समिती पुर्ण भएको अध्यक्ष के सी ले बताउनुभयो ।
अष्टिनमा नेपालीहरुका बीच लोकप्रिय सोसाइटीको सदस्यमा मनोनित भएपछि हर्षित भएको सदस्यमा मनोनित के सी र श्रेष्ठले प्रतिक्रिया दिंदै अझै सक्रिय भएर लाग्ने बताउनुभयो । यसैगरी सोसाइटीको आइतवारको बैठकले आउंदो जुन १९ तारिखमा रक्तदान कार्यक्रम गर्ने निर्णय गरेको छ । हरेक वर्ष रक्तदान गर्ने कार्यक्रम अनुसार अर्को महिना रक्तदान कार्यक्रम गर्न लागेकोसोसाइटीले जनाएको छ । यस्तै अर्को महिना गरिने रक्तदान कार्यक्रमकै दिन देखी ग्यान्स नेपाली पाठशालाको समर कक्षाहरु शुरु गरिने भएको छ । यसैबीच ग्यान्सले शुरु गरेको अष्टिनका नेपालीहरुको डाटा संकलनका लागी फाराम बितरण पनि शुरु गर्ने बैठकले निर्णय गरेको छ ।श
प्रतिक्रिया दिनुहोस्