2 October 2023  |   मङ्लबार, अशोज १६, २०८०

अफगानिस्तानमा ६ तालिवानलाई मृत्युदण्ड

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख २७, २०७३  

काबुल, वैशाख २७ । अफगानिस्तानमा तालिवानका ६ लडाकुलाई मृत्युदण्ड दिइएको छ । सन् २०१४ मा अशरफ घनी सत्तामा आएपछि पहिलो पटक विद्रोही तालिवानका लडाकुलाई सरकारले मृत्युदण्ड दिएको हो ।

राष्ट्रपति कार्यालयका अनुसार आम नागरिक र सार्वजनिक सुरक्षाविरुद्ध गम्भीर अपराध गरेका कारण ती ६ लडाकुलाई मृत्युदण्ड दिइएको हो ।

पछिल्लो समय राष्ट्रपति घनीले तालिवानविरुद्ध कानुन बमोजिम कारवाही गरिने प्रतिबद्धता जनाएका छन् । अघिल्लो महिना काबुलमा भएको हमलामा ६४ जनाको मृत्यु भएपछि राष्ट्रपति घनीले तालिवानलाई कडा जवाफ दिने प्रतिबद्धता जनाएका थिए । (एजेन्सी)

प्रकाशित मितिः सोमवार, बैशाख २७, २०७३     12:10:23 PM  |