20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

नेपाल अमेरीका पत्रकार संघको अध्यक्षमा भोला आचार्यको उम्मेद्वारी घोषणा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख २०, २०७३  

के सी शेर
अष्टिन टेक्सास
नेपाल अमेरीका पत्रकार संघ नेजाको अध्यक्ष पदमा वर्तमान महासचिव भोला आचार्यले उम्मेद्वारी घोषणा गर्नुभएको छ । यही मे ७ र ८ तारिखमा हुने नेजाको पांचौं अधिबेसन तथा दशौं साधारण सभाले नयां कार्यसमिती चयन गर्ने भएकोले आइतवार बसेको कार्यसमिती बैठक मार्फत बर्तमान महासचिव आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गनुभएको हो ।

नेजा अध्यक्ष पदका उम्मेदवार आचार्यले आफ्नो फेसवुक वालमा पोष्ट गर्दै आफ्नो उम्मेद्वारीको सम्मानीत कार्यसमितीले स्वागत एवम शुभकामना दिएकोमा आभारी भएको बताउंदै क्यानडा लगायत उत्तर अमेरीकामा रहेका पत्रकारहरुको पेशागत हकहितका लागी आफु अध्यक्षको उम्मेदवार भएको बताउनुभएको छ ।

aaaaaaaaaaaaaaनेजा अध्यक्षका लागी सल्लाहकार तारा वराल र पुर्व अध्यक्ष गुनराज लुइटेल चर्चामा रहेपनि अहिले सम्म आचार्य बाहेक कसैले उम्मेद्वारी घोषणा गरेको छैन् । अध्यक्षको उम्मेद्वार कम्तीमा एक कार्यकाल कार्यसमितीमा रहेको हुनुपर्ने नेजाको प्रावधान रहेकोले वरालको उम्मेदवारीको बाटो बन्द भएको तथा अमेरीका तथा क्यानडामा रहेका पत्रकाहरुमाझ बर्तमान महासचिव आचार्य चिरपरिचित रहेकोले अध्यक्षमा आचार्यको सम्भावना बलियो देखिएको छ । अर्को साता अमेरीकाको लस एन्जलसमा हुने अधिबेसनमा अमेरीका तथा क्यानडामा रहेर पत्रकारीता गर्ने करिब एक सय पचास पत्रकारहरु सहभागी हुदैछन् ।

प्रकाशित मितिः सोमवार, बैशाख २०, २०७३     9:18:23 AM  |