29 March 2024  |   शुक्रबार, चैत्र १६, २०८०

इराकमा हिंसात्मक प्रदर्शन, संसद भवनमा लुटपाट

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, बैशाख १९, २०७३  

काठमाडौं, बैशाख १९  । इराकमा जनअपेक्षा विपरित मन्त्रिमण्डल गठन गरिएको भन्दै गरिएको प्रदर्शन हिंसात्मक बनेको छ ।

प्रदर्शनकारीले राजधानी बग्दादको ग्रिन जोनमा रहेको संसद भवनको मूल ढोका भत्काई संसद भवनभित्र प्रवेश गरी लूटपाट मच्चाएका छन् ।

सीया धर्म गुरु मुफ्तादा अलसदको अगुवाईमा प्रदर्शनमा उत्रेकाहरुले संसद भवनमा रहेको मूल्यवान सामग्री लुटेर लगेको बताइन्छ ।

धर्मगुरु अलसदले इराकी प्रधानमन्त्री हैदर अल अवादीलाई गैर राजनीतिक पृष्ठभूमिका ब्यक्ति मन्त्रिमण्डलमा सामेल नगर्न दिएको सुझाव अरु दलले अस्वीकार गर्दै आएका थियो । प्रदर्शन नियन्त्रण गर्न सयौं सुरक्षाकर्मी परिचालन गरिएको छ । (एजेन्सी)

प्रकाशित मितिः आइतवार, बैशाख १९, २०७३     12:44:44 PM  |