कोहलपुर, बैशाख १७
बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुरमा शुक्रबार क्याम्पसका पूर्व विद्यार्थीहरुको भेलाले एकराज शर्माको संयोजत्वमा १३ सदस्यी ‘पूर्व विद्यार्थी संगठन’ तदर्थ समिति गठन गरेको छ । क्याम्पसका पूर्व विद्यार्थीहरुलाई एकवद्धता गराउनका लागि गठन गरिएको उक्त समितिका सदस्यहरुमा प्रमोद सुवेदी, तिलक के.सि., विरेन्द्र प्रकाश खड्का, पदम आचार्य, जगतपाल थारु, ललित प्रकाश चन्द, सविता शर्मा, मिन के.सि., गोपि शर्मा, खडानन्द पौडेल, पूर्ण घले र राम बहादुर रावत रहेका छन् । त्यस्तै भेलाले ‘पूर्व विद्यार्थी संगठन’ को मस्यौदा समितिको संयोजकमा विरेन्द्र प्रकाश खड्का, सदस्यमा एकराज शर्मा र प्रमोद सुवेदिलाई छनोट गरेको छ भने सञ्चार उपसमितिको संयोजकमा राम बहादुर रावत, सदस्यहरु कमला हमाल र पुष्पराज आचार्यलाई छनोट गरेको छ ।
कार्यक्रममा बोल्दै बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसका क्याम्पस प्रमुख शिशिर कुमार शर्माले क्याम्पसको शैक्षिक विकासका लागि सहयोग गर्न अप्रिल गरेका छन् । क्याम्पसबाट उच्च शिक्षा हासिल गरी राष्ट्रका विभिन्न तहहरुमा पुगेका विद्यार्थीहरुको एकताले क्याम्पसको शैक्षिक विकास र समृद्धिमा टेवा पुग्ने विश्वास लिएको उनले बताए । ‘क्याम्पसको सम्पूर्ण पक्षको विकासका लागि तपाईहरुबाट धेरै ठुलो सहयोगको आशा छ’ उनले भने ‘त्यसका लागि क्याम्पसले गर्नु पर्ने सम्पूर्ण काम गर्न तयार छौं ।’
त्यस्तै कार्यक्रममा क्याम्पस प्रशासन अधिकृत बेदराज लम्सालले बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसको इतिहासका बारेमा जानकारी गराएका थिए । बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसका पूर्व विद्यार्थीहरुको एकता भएमा क्याम्पसले प्राविधिक शिक्षामा जोड दिनका लागि बल पुग्ने उनले बताए ।
वि.स. २०४८ साल देखि २०७२ साल सम्मका विद्यार्थीहरु संगठित भई विभिन्न सृर्जनात्मक कर्याहरु गर्ने उद्देश्यले पूर्व विद्यार्थी संगठन समिति गठन गरिएको समितिका संयोजक एकराज शर्माले बताए । क्याम्पसबाट उच्च शिक्षा हासिल गरेका पूर्व विद्यार्थीहरुको पहिचान गर्नु, विद्यार्थीहरुको वर्तमान अवस्थाका बारेमा जानकारी लिनु र क्याम्पसका विभिन्न गतिविधिहरुमा प्रत्यक्ष सहभागिता गराउने लक्ष्य लिएको उनीले बताए ।
क्याम्पसका पूर्व विद्यार्थी तीलक के.सी.को सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा क्याम्पसका पूर्व विद्यार्थीहरुको उपस्थिति रहेको थियो । साथै पूर्व विद्यार्थी संगठन समितिको भेला छिट्टै गरिने समितिको सदस्य प्रमोद शर्माले जनाइएका छन ।
प्रकाशित मिति : २०७३ वैशाख १७ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्