20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

‘व्यवसायीहरुको राय लिएर काम गर्नेछौं’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख १०, २०७३  

भर्खरै विशेष साधारणसभा गरेर पूर्वपश्चिम यातायात व्यवसायी संघ कोहलपुरको नयाँ कार्यसमिति चयन गरिएको छ । पूर्वपश्चिम यातायात व्यवसायी संघको भावि योजना र यातायात क्षेत्रका समस्याका विषयमा केन्द्रित रहेर संघका अध्यक्ष धनबहादुर पुन र महासचिव गणेप्रसाद भुषालसँग गरिएको कुराकानी ः
१. कार्यक्रममा यहाँहरुलाई स्वागत छ ।
– धन्यवाद ।
२. संघको पृष्ठभूमि बताइदिनुस् न ?
अध्यक्ष – २०७२ बैशाख २५ गते विधिवत रुपमा शुरु भएको हो । संघलाई यहाँसम्म ल्याइपु¥याउन वा स्थापना गर्न निवर्तमान अध्यक्ष प्रेमप्रसाद पौडेलको ठूलो भूमिका रहेको छ । उहाँको स्वास्थ्य अवस्थाका कारण उहाँले राजिनामा दिनुभएको छ । यही बैशाख ७ गते विशेष साधारणसभा गरेर नयाँ कार्यसमिति चयन गरियो । हामीले यात्रुहरुको आवश्यकतालाई मध्यनजर गर्दै पूर्वपश्चिम यातायात व्यवसायी संघ स्थापना गरेका हौं ।
३.यसको आवश्यकता किन ?
महासचिव – बाँकेमा जिल्लामा धेरै यातायात समितिहरु छन् । यसको आवश्यकता किन भन्ने कुरामा
अन्य संघसंस्थामा हामी पनि आवद्ध थियौं । तिनी नेतृत्वकर्ताबाट हामीलाई पन्छाउने, हामीलाई व्यवसाय स्वःस्फूर्त रुपमा काम गर्न नदिने भएकाले हामी केही व्यवसायी साथीहरु मिलेर नयाँ संस्था दर्ता गरेका हौं ।
४. सिन्डिकेटको समस्या त छ नि होइन ? तपाइहरुले पनि गाडी सञ्चालन गर्दा निकै सकस झेल्नु प¥यो ।
महासचिव – यातायात क्षेत्रका सिण्डिकेट पक्षधरहरु अहिले पनि
हुनुहुन्छ । हामीलाई व्यवसायीको नेता भन्ने सिण्डिकेटका ठेकेदार पनि हुनुहुन्छ । त्यसको समस्या हामीले पनि झेल्नु प¥यो ।
अध्यक्ष – हामीले उद्घाटन गरेकै दिन हाम्रा गाडी पनि तोडफोड भयो । हामीले मुद्दा हालेका पनि छौं । बसपार्कमा लुकेर राती ढुंगा हान्ने काम पनि भयो । हामीलाई धेरै क्षेत्रबाट सहयोग पाएका कारण पनि हामी अहिले यो स्थानमा छौं । मिडिया, प्रशासन लगायतले सहयोग
गर्नुभयो । अझ, कोहलपुर बसपार्कमा काउण्टर स्थापना गर्ने क्रममा निकै समस्या भयो । कोहलपुर बसपार्क बजार सुधार समिति लगायतको सहयोग पाएका कारण करिब ६ महिनापछि काउण्टर स्थापना गरियो । त्यतिबेलासम्म हामीले कोठा भाडामा लिएर काउण्टर सञ्चालन गर्दै आएका थियौं ।
५. राज्यले थालेको प्रा.लि. को अवधारणालाई कसरी लिनुहुन्छ ?
महासचिव – राज्यले यातायात क्षेत्रलाई हेर्ने दृष्टिकोण नै फरक छ । लगानी ठूलो छ । राज्यको नीति के भइदियो भने न राज्यले संचालन गर्न सक्छ न व्यवसायीलाई संरक्षण गर्न नै । राज्यले उद्योग सरह सेवासुविधा दिनुपथ्र्यो, दिन सकिरहेको अवस्था छैन ।
अध्यक्षः हामी नेपालमा सानो लगानी लगाएर काम गर्छौ । यसमा पनि राज्यले बन्देज लगाएको जस्तो लाग्छ मलाई । यातायात क्षेत्रलाई धरासायी बनाउनकै लागि प्रा.लि.को अवधारणा ल्याएको हो कि भन्ने लाग्छ । सानो पुँजी भएको व्यवसायीलाई गाह्रो छ ।
६. यातायात क्षेत्रको समस्या के छन् ?
अध्यक्ष – पहिले दादागिरीमा चल्थ्यो, अहिले त्यो केही हटेको अवस्था छ । यातायात क्षेत्रमा व्यापारी बढी छन् । टाठाबाठाले गाडी ल्याउने र सोझासाझा व्यवसायीलाई विक्री गर्ने परिपाटी पनि छ । साथै राज्यले यातायात क्षेत्रलाई जुन किसिमले हेर्नुपर्ने त्यसरी हेर्न नसकेको अवस्था छ ।
७. पूर्वपश्चिममा कति छन् गाडी ?
अध्यक्ष – ३५ जती गाडीहरु छन् । बढ्ने क्रम जारी छ ।
८. कुन कुन रुटमा गाडी सञ्चालन हुन्छ ?
महासचिव– नेपालगञ्जदेखि काठमाडौं, खजुरा देखि काठमाडौं, बर्दियाको पद्नाहाद, जाजरकोट, सुर्खेत, बाग्लुङ्ग, काकटभिट्टा र नगर रुटहरुमा हाम्रा गाडीहरु सञ्चालित छन् ।
९. अन्य यातायात व्यवसायी समिति भन्दा फरक चाँही के छ ?
महासचिव – मध्यपश्चिममै नमूनाको रुपमा गाडीहरु सञ्चालन गरेका छौं । छोटोमिठो गाडीहरु लिएर व्यवसायीहरुलाई सुरक्षित गर्न, दुर्घटना न्यूनिकरणका लागि विभिन्न किसिमका भूमिका खेलिरहेका छौं । चालक, सहचालकहरुलाई प्रशिक्षण पनि दिने तयारी गरिरहेका
छौं ।
१०. यातायात मजदुरहरुले अपशब्द पनि बोल्ने गरेका छन्, जहाँ बालबालिका, महिलाहरु हुन्छन्, यसलाई न्यूनिकरण गर्न पूर्वपश्चिमले कस्तो भूमिका खेलेको छ ?
अध्यक्ष – बसपार्कस्थित काउण्टरमा एउटा टिभी राखिदिएका छौं, जहाँ जनचेतनामुलक सन्देशहरु प्रशारण हुन्छ । अन्य केही कार्यक्रमहरु अघि सार्दैछौं । यही बैशाख महिनाभित्रै ट्राफिक प्रहरी, राजनैतिक दलका प्रतिनिधि, बुद्धिजिवी लगायतको उपस्थितिमा मजदुरहरुलाई सभ्य र व्यवहारिक बनाउन प्रशिक्षणको आयोजना गर्दैछौं ।
११. पूर्वपश्चिम पत्रकारहरुलाई विशेष सहुलियत दिने कुरा पनि थियो, कहाँसम्म पुग्यो त्यो कुरा ?
महासचिव – हामीले पत्रकार मित्रहरुलाई सहुलियत दिने भनेर पत्रकार सम्मेलन गरेरै सार्वजनिक पनि गरेका छौं । साथै अहिलेसम्म सहुलियत दिएका छौं । समयानुकुल फ्रि पास र विशेष छुट उपलब्ध गराएका छौं ।
कस्ता किसिमका गाडीहरु छन् ?
अध्यक्ष – हाम्रो गाडी सुविधा सम्पन्न, आरामदायी छन् । साथै विभिन्न खाले सेवा सुविधाहरु छन् ।
१२. पूर्वपश्चिमको भावी योजना के छ ?
अध्यक्ष – मैले व्यवसायीहरुलाई अरु समितिहरु भन्दा फरक ढंगले लैजान्छु । फाइदा हुने तरिकाले लैजाने हो । ठूलो तथा सानो गाडीको व्यवसायी होस्, त्यसलाई बराबर सम्मान गर्दछु । व्यवसायीको राय, सल्लाह लिएर काम गर्नेछु । व्यवसायीहरुलाई मैले केही भएपनि बोनस पनि बाँड्दैछु । अन्य समितिलाई काम गरेर देखाउनु पनि छ । मेरो पढाईलेखाई, पेशा भनेको नै यही यातायात क्षेत्र हो । मलाई राम्रोसँग अनुभव छ, व्यवसायीको पीडा के हुन्छ भनेर । त्यसैले म जहिले पनि व्यवसायीको हितमा काम गर्छु । अहिले हामी भाडामा बसेका छौं । मैले आफ्नो कार्यकालमा घर बनाउन नसकेपनि पूर्वपश्चिमको कार्यालयका लागि ५ धुरको घडेरी लिने योजना छ ।
– प्रस्तुति ः केशव राना

प्रकाशित मितिः शुक्रबार, बैशाख १०, २०७३     9:00:16 AM  |