ब्यवस्थापनको पर्खाइमा चप्परगौडीको अटोवकर््स्



शंकर अशान्त
कोहलपुर, बैशाख ४

राति अबेरसम्म कारोवार भैरहने, बाक्लै शैक्षिक संस्था भएको, कोहलपुरको मुख्यबजार भन्दा अलि ओह्रालो भू–सतहमा रहेको डुडुवा नदीको किनारमा अवस्थित चप्परगौडीलाई चिनिने एउटा अर्को पाटो हो बग्रेल्ती देखिने अटोमोबाइल्सको ग्यारेज र यसको मर्मत सेन्टरको ब्यवसाय ।
कोहलपुर नगरपालिकाको वडा नम्बर बाह्रको चप्परगौडीको ब्यवसायको एउटा दरिलो आधार यही अटोमोबाइल्सको हुनुले यो क्षेत्र अटोवकर््स् भिलेजको रुपमा द्रुत गतिमा विकास भैरहेको देखिन्छ । पुगनपुग डेढ किलोमिटरको लम्बाई रहेको चप्परगौडीको बजार क्षेत्रमा बीस ओटा भन्दा ज्यादा मोटरपार्टस्का पसल, आधा दर्जनको हाराहारीमा बडी मेकर्स शप र ठाउँठाउँमै ग्यारेज हुनुले अटोभिलेजले साकार रुप लिँदै गरेको पुष्टि हुन्छ । चौधरी बडी वकर््स् शप, बिजय वकर््स्, भुवनेश्वरी र बस्नेत बडी मेकरले अस्थिपन्जर जस्तो च्याचिसको जीउ भरेर पूर्ण आकारको गाडी बनाउने गर्दछन् । यहाँ हेर्दाहेर्दै केही दिनमै जीप, ट्रयाक्टर,मिनीबस,बस र ट्रकका आकार बन्ने गर्दछन् । कुनै समय बुटवल, नारायणघाट र जनकपुरकै भर पर्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।
चौधरी बडी वर्कशपमा सिजनमा एक दर्जन बसको बडीको एकैपटकमा काम हुने सन्चालक मनिलाल चौधरी बताउँछन् । सडक छेउको खाली जमिनमा दुई तीन लाइनमा धमाधम काम गराइरहेका चौधरी मेट्रो, एसी बस, मिनी बसहरुको बडी निर्माणको काममा आफू सन्तुष्ट रहेको बताउँछन् ।
सानो बजारक्षेत्रमा यति धेरै मोटर पार्टस्को ब्यवसाय हुनुले बजारको बिस्तार एबम् कारोवारलाई बढाएको भएपनि बजार ब्यवस्थापनमा दिनप्रतिदिन चुनौती थपिँदै गएको देखिन्छ । सडककै छेउमा अब्यवस्थित तरिकाले गाडीको पार्किङ्ग र मर्मत गरिँदा सुरक्षा चुनौती बढ्न थालेको सँजिता मोटर पाटर््सका सञ्चालक मात्रिका सापकोटाले बताए । एघार बर्षदेखि मोटर पाटर््सको ब्यवसाय गर्दै आएका सापकोटा अटोपार्ट्सको ब्यापारलाई ब्यवस्थित बनाउन नसकिएको स्वीकार्छन् । उनका अनुसार कुनै समय यसलाई समिति बनाएर ब्यवस्थित बनाउन खोजिएको भएपनि आर्थिक अभावका कारण अहिले उक्त समिति निष्कृय प्रायः देखिएको छ । डुडुवा नदीको किनारमा अटो भिलेजलाई ब्यवस्थित बनाउने महत्वकाँक्षी योजना सफल हुन नसकेको उनी बताउछन् । पाँच बर्षदेखि भुवनेश्वरी मोटर्समा पेन्टरको काम हेर्ने बिक्रम शिशिर चन्द यो लाईनमा बौद्धिक ब्यक्तिको संलग्नता बढ्नुपर्ने आवश्यक्ता रहेको भन्छन् । डुडुवा नदीको किनारमा बनाउने भनिएको अटोल्याण्डको योजना अस्तब्यस्त भएकोमै उनी जोड दिन्छन् । अस्वस्थ प्रतिस्पर्धा र अस्तब्यस्त सवारी पार्किङ्गले सहरी सौन्दर्य घटाएको र सडक दुर्घटना बढाएको ठहर छ चन्दको । ब्यवस्थित अनि ब्यवसायिक मूल्यमान्यतामा अटोपाटर््स् र बडी वर्कस्लाई अघि बढाउन सके यसबाट धेरैको रोजगारी थपिने निश्चित छ । स्वस्थ प्रतिस्पर्धा सडक पार्किङ्गलाई नियन्त्रण गर्दै यसलाई ब्यवस्थित गर्न सके कोहलपुरको बजारिकरणमा नयाँ आयाम थपिनेको कुरामा सन्देह छैन ।

  • No tags available
प्रकाशित मिति : २०७३ वैशाख ४ गते शनिबार