के सी शेर
अष्टिन टेक्सास
नयां वर्ष २०७३ को अवसरमा टेक्सासको अष्टिनमा वनभोज तथा खेलकुद कार्यक्रम सम्पन्न भएको छ । ग्रेटर अष्टिन नेपाली सोसाइटीको आयोजनामा शनिवार सम्पन्न कार्यक्रममा अष्टिन र आसपासका शहरका नेपालीहरुको सहभागिता रहेको थियो । अष्टिनको फुल्गरभिल स्थित सिटी पार्कमा सम्पन्न खेलकुद तथा वनभोज कार्यक्रममा नेपालका लागी पुर्व अमेरीकी राजदुत स्कट एच डेलीसीले प्रमुख अतिथीको आसनबाट मन्तब्य राख्दै नयां वर्षको शुभकामना दिएका थिए । खेलकुद अन्र्तगत फुटवल प्रतिस्पर्धामा १० टिम सहभागी भएकोमा फुल्गरभिल राइनोले उपाधी हात पार्दा नर्थ अष्टिन फुटवल टिमले दोश्रो स्थान हासिल गर्यो । प्रतिस्पर्धामा लामार फुटवल टिम, अष्टिन टाइगर फुटवल टिम,क्यापिटल फुटवल टिम, नर्थ अष्टिन ए टिम, नर्थ अष्टिन बी टिम, सानआन्टोनियो यती फुटवल टिम, स्ट्रेट ओट्टा हुड फुटवल टिम, फुल्गरभिल राइनो फुटवल टिम, हिमालयन टाइगर टिम तथा हिमालय गार्खाली टिमले सहभागीता जनाएका थिए । फुटवलमा हमेन्द्र श्रेष्ठले सबैभन्दा बढी गोलकर्ताको उपाधी पाए भने निराजन के सी उत्कृष्ट खेलाडी बने । यता भलिवलमा भने हिमालयन टाइगर किलिनले बिवयी भयो । पांच टिम सहभागी भलिवलमा सिस्ने हिमाल ए र बी टिमले असन्तुष्टि जनाउंदै सेमिफाइनाल र फाइनल प्रतिस्पर्धामा सहभागिता नजनाएपछि आयोजकले वाक ओभरका आधारमा हिमालयन टाइगर किलिन टिमलाई बिजयी घोषणा गरेको हो । यता वास्केटवलमा भने नेपाली साम्स क्लव ले प्रथम स्थान हासिल गर्दा नेपाली कोस्को टिम दोश्रो भयो । वास्केटवलको उत्कृष्ट खेलाडी निशान पहाडी बनेका थिए । विजयी टिम तथा खेलाडीलाई नगद पुरस्कार शिल्ड, प्रमाणपत्र तथा मेडल प्रदान गरिएकोृ थियो । गत वर्ष देखी हरेक वर्ष नेपाली नयां वर्षको अवसरमा सोसाइटीले वनभोज तथा खेलकुद कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा दोहोरी तथा नृत्य समेत प्रस्तुत गरिएको थियो ।
प्रकाशित मिति : २०७२ चैत २२ गते सोमबार
प्रतिक्रिया दिनुहोस्