उँखुको जुस खानुका १० फाइदा



गर्मी मौषममा मानिसहरु उँखुको जुस गर्मी हटाउनको लागि पिउने गर्छन् । तर यो स्वादिष्ट पेय पदार्थले गर्मी हटाउन मात्र होइन अन्य थुप्रै फाइदा छन् भन्नेबारे चाँहि धेरैलाई थाहा नहुन सक्छ । उँखुको जुसमा क्याल्सियम, क्रोमियम, कोबाल्ट, म्याग्नेसियम, फस्पोरस, पोटासियम एवं जिंक जस्ता खनिज हुन्छ ।

त्यतिमात्र होइन उँखुको जुसमा आइरन भिटामिन ए, बी १, बी २, बी ३, बी ४ , बी ५, बी ६ प्रोटीन र फाइवर पनि उच्च हुन्छ ।
उँखुको जुसका यस्ता फाइदाः

-तत्काल उर्जाः उँखुको जुसमा उच्च मात्रामा ग्लुकोज हुन्छ जुन् शरीरलाई हरपल आवश्यक पर्छ । उँखुको जुस खाँदा तत्काल शरीर उर्जाशील हुन्छ ।

-क्यान्सरबाट बचाउँछः उँखुको रसमा क्याल्सियम, क्रोमियम, कोबाल्ट, म्याग्नेसियम, फस्पोरस, पोटासियम एवं जिंक जस्ता खनिज हुन्छ । यि तत्वले प्रोस्टेट र स्तन क्यान्सरबाट बचाउँछ ।

-डण्डीफोरबाट मुक्तिः उँखुको रसबाट छालालाई आवश्यक पर्ने अल्फा हाइड्राक्सी एसिड प्रयाप्त हुन्छ । जसले छालामा आउने डण्डीफोर लगायतका समस्याबाट मुक्ति मिल्छ ।

  • No tags available
प्रकाशित मिति : २०७२ चैत ८ गते सोमबार