22 September 2023  |   शुक्रबार, अशोज ५, २०८०

पाकिस्तानमा होलीका दिन सार्वजनिक बिदा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, चैत्र ७, २०७२  

इस्लामावाद, चैत ७ । मुस्लिम बाहुल्य राष्ट्र पाकिस्तानमा हिन्दुहरुको महान पर्व होलीका अवसरमा सार्वजनिक बिदा घोषणा गरिएको छ । पाकिस्तानको सिन्ध प्रान्तमा हिन्दुहरुका लागि होलीका अवसरमा बिदा दिने निर्णय गरिएको हो ।

प्रान्तीय सरकारका प्रवक्ताले होलीमा हिन्दु धर्मावलम्बीलाई सार्वजनिक बिदा दिइने निर्णय भएको जानकारी दिए। पाकिस्तानको कुनै भूभागमा हिन्दुहरुको पर्वमा बिदा दिने निर्णय पहिलो पटक भएको हो । (एजेन्सी)

प्रकाशित मितिः आइतवार, चैत्र ७, २०७२     5:18:32 PM  |