के सी शेर
अष्टिन टेक्सास/
अमेरीकामा रहेका एक सय भन्दा बढी ठुला शहरहरु मध्ये टेक्सासको अष्टिन बस्नका लागी उत्कृष्ट १० मध्ये दोस्रो स्थानको शहरमा परेको छ । कोलोराडो राज्यको डेनेभर शहर बस्नको लागी उत्कृष्ट १० शहर मध्ये पहिलो स्थानमा परेको हो भने अष्टिन दोस्रो स्थानमा परेको हो । अमेरीकाको युएस न्युज एण्ड वल्र्ड रिर्पोटले हजारौं व्यक्तिहरुमा गरेको सर्बेक्षणले यस्तो देखाएको हो ।
बिकाशका पुर्वाधार, शिक्षा, स्वास्थ्य तथा यातायातको स ुबिधा अपराधिक गतिबिधि लगायतका विषयमा रही प्रश्न गरिएको थियो । रिर्पोटमा सहभागीहरुको उत्तरका आधारणमा बर्गिकरण गर्दा न्युयोर्क, लस एञ्जलस जस्ता उच्च विकसित शहरहरु पनि महंगीका कारण बस्न लायक शुचीको उत्कृष्टमा पर्न सकेनन् ।
उत्कृष्ट पहिलोमा रहेको डेनेभर प्राकृतिक शुन्दरताले भरिपुर्ण छ भने यातायात शिक्षा तथा स्वास्थ्यको स्तर पनि उच्च छ । यस्तै बसोवासको उत्कृष्ट दोस्रोमा परेको अष्टिनमा पनि प्राकृतिक शुन्दरताका साथै यातायात तथा शिक्षा स्वास्थ्यको स्तर राम्रो हुनुका साथै महंगीको मार छैन् । यस्तै उत्कृष्ट दश भित्र पर्ने अन्य शहरहरुमा अर्कन्साको फ्याटभिल, नर्थ क्यारोलिनाको र्याले, कोलोराडोकै स्प्रिङ, आइडाहोको व्याइजे, वासिङ्टनको सियाटल, वासिङ्टनकै डिसी, क्यालिफोर्नियाको सान फ्रान्सीस्को र क्यालिफोर्नियाकै सान होजे शहर परेको छ ।
प्रतिक्रिया दिनुहोस्