भारतीय राजदूतावासमा गोली चल्यो, ७ जनाको मृत्यु



India-Flag

काठमाडौं, १९ फागुन । भारतीय राजदूतावास बाहिर गोली चल्दा ७ जनाको मृत्यु भएको छ ।

घटना अफगानिस्तानको जलालाबाद शहरको हो । जहाँ भारतीय दूतावासलाई लक्षित गरी आतंकवादी लडाकूले अन्धाधुन्द गोली चलाएका छन् । घटनामा दुई जना प्रहरी मारिएका छन् भने पाँच आतंकवादी लडाकू पनि मारिएका छन् ।

१९ जना सर्वसाधारण गम्भीर घाइते भएका छन् ।

भारतीय च्यानल आजतकका अनुसार भारतीय दूतावास बाहिर एक आत्मघाती हमलाकारीले आफैलाई बमले उडाएका थिए त्यसको लगत्तै बाहिर लुकेर बसेका अन्य आतंकवादी लडाकुले गोलाबारी सुरु गरेका थिए । आईटीबीपी र अफगान सुरक्षा बलले आतंकवादीबाट भारतीय दूतावासलाई बचाएर सुरक्षा दिइरहेको छ । दुबै पक्षबीच लामो समयसम्म दोहोरो भिडन्त समेत भएको छ ।

समाचार अनुसार घटना बाहिर हुँदा भारतीय दूतावासका कर्मचारी सुरक्षित छन् । आतंकवादीले भारतीय दूतावासलाई निशाना बनाएर आत्मघातीसहित गोलाबारी हमला पनि गरेका थिए । तर, भारतीय दूतावास उडाउने आतंकवादीको प्रयास सफल भएन् ।

  • No tags available
प्रकाशित मिति : २०७२ फागुन १९ गते बुधबार