19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

फ्रान्समा आप्रवासीहरुको अस्थायी शिविर भत्काइएपछि झडप

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, फाल्गुन १८, २०७२  

काठमाडौं, फागुन १८ । फ्रान्सको कालेय बन्दरगाहस्थित ब्रिटेन जान खोज्ने आप्रवासीहरुको अस्थायी शिविर भत्काइएपछि झडप भएको छ ।

ती अस्थायी टहरालाई जंगल नामले चिनिने गरिएको छ । कम्तिमा १२ वटा टहरा आगोले ध्वस्त भएका छन् । अस्थायी टहरा भत्काउने टोलीमाथि ढुंगामुढा गरेका आप्रवासीहरुमाथि दंगा प्रहरीले अश्रुग्यास प्रहार गरेकोछ ।

बन्दरगाहतिर जाने बाटोतर्फ आप्रवासीको समूह अघि बढ्न खोज्दा टहराबाहिर तनाव बढेको थियो । आप्रवासीहरुलाई अर्को स्थानमा सर्नुपर्ने बताइए पनि अन्यत्र जाँदा शरण लिने प्रक्रिया पूरा गर्नुपर्ने उनीहरुको आशंका छ ।

यसबाट ब्रिटेन पुग्ने आफूहरुको आशा सकिने उनीहरुको भनाई छ । फ्रान्स सरकारले आप्रवासीहरुलाई राख्ने केन्द्रमा उनीहरुलाई स्थानान्तरण गर्न खोजिरहेको छ । अस्थायी शिविरमा बसिरहेका आप्रवासीहरु मध्यपूर्व, अफगानिस्तान र अफ्रिकाका छन् । (एजेन्सी)

प्रकाशित मितिः मङ्लबार, फाल्गुन १८, २०७२     4:42:51 PM  |