2 December 2020  |   बुधबार, मंसिर १७, २०७७

इराकमा आइएसको आक्रमणमा ३१ जनाको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन १७, २०७२  

फागुन १७ – इराकको राजधानी बग्दादमा भएको बम विस्फोटमा ३१ जनाको ज्यान गएको छ । शिया मुसलमानको बसोबास रहेको बग्दादको सदर सिटी क्षेत्रमा बिद्रोही संगठन इस्लामिक स्टेट आइएसका आक्रमणकारीले आत्मघाती विस्फोट गराएका हुन् । आत्मघाती आक्रमणकारीले सदर सिटीको व्यस्तबजारमा गएर आफैलाई विस्फोट गएराको प्रत्यक्षदर्शीले बताएका छन् । विस्फोटमा परि कम्तिमा ५० जना घाइते भएका छन् । यो आक्रमण इराकमा पछिल्लो  समय भएको सबै भन्दा ठूलो आक्रमण हो । सुन्नी मुसलमानको बाहुल्यता रहेको आइएसले शिया समुदायलाई लक्षित गरी आक्रमण गर्दै आएको छ । आइएसले इराकको उत्तरी क्षेत्रको ठूलो भूभाग आफ्नो नियन्त्रणमा लिएको छ । आइएसले शिया समुदायमाथिको आक्रमण जारी रहेने बताएको छ ।

– एजेन्सीको सहयोगमा

प्रकाशित मितिः सोमवार, फाल्गुन १७, २०७२     1:02:18 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *