के सी शेर अष्टिन टेक्सास/
नेपाली नयां वर्ष २०७३ को अवसरमा ग्रेटर अष्टिन नेपाली सोसाईटी ९ग्यान्स०ले टेक्सासको अष्टिनमा बिभिन्न कार्यक्रम गर्ने भएको छ । आउंदो अप्रिल २ तारिख शनिबारका दिन अष्टिन स्थित सिटि पार्कमा बनभोज र मनोरञ्जन सहितको भव्य कार्यक्रम गर्न लागेको सोसाइटीले नयां वर्ष कप भलिवल र फुटवल प्रतियोगिता पनि गर्ने भएको हो । गत वर्ष पनि नेपाली नयां वर्षको अवसरमा वनभोज तथा खेलकुद कार्यक्रम गरेको ग्यान्सले यस वर्ष अझै व्यवस्थित र भव्य भनाउन लागेको ग्रेटर अष्टिन नेपाली सोसाइटीका अध्यक्ष गेहेन्द्र के सीले बताए । भलिवल र फुटवलका शुरुवाती खेलहरु भने कार्यक्रम अगाबै हुने भएका छन् जसमा आउंदो मार्च २७ मा फुटवल प्रतियोगिताको शुरुवाती चरनको प्रतिस्पर्धा हुनेछ । गत वर्ष सबै खेलकुद कार्यक्रम एकै समय र एकै दिनमा गरेकोले सबै खेल हेर्न चाहनेका लागी केही खल्लो महस ुस भएपन यस बर्ष भने भलिवल र फुटवलका फाइनल खेल मात्रै वनभोजका दिन अलग अलग समयमा हुने भएका छन् । प्रतियोगितामा सहभागिता जनाउनेले आउंदो मार्च २० तारिख सम्म आफ्नो टिम दर्ता गरिसक्नुपर्ने सोसाइटीले जनाएको छ । कार्यक्रमलाई सभ्य र भव्य बनाउन पनि ग्यान्सले अष्टिनवासी नेपाली सबैलाई आग्रह गरेको छ । अमेरीकामा व्यस्त जिवनका बावजुत यस्ता कार्यक्रमले नेपाली नेपालीमा भाइचारा तथा सहयोग सदभावको भावना बढाउने विश्वास गरिएको छ । गत वर्षको कार्यक्रममा करिब १ हजार भन्दा बढी नेपाली सहभागी भएकोमा यस वर्ष त्यो भन्दा दोब्बर नेपालीको सहभागिता रहने अपेक्षा गरिएको छ । बिहान ९ बजे देखी सांझ ७ बजे सम्म चल्ने कार्यक्रममा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम समेत हुनेछन् । १० वर्ष भन्दा मुनिका बालवालिका तथा ६५ वर्ष भन्दा माथिका बृद्द बृद्दाहरुलाई निशुल्क प्रबेश गर्न पाइने छ भने अन्यको हकमा भने टिकट शुल्क १० डलर रहेको छ ।
प्रतिक्रिया दिनुहोस्