18 May 2024  |   शनिबार, जेष्ठ ५, २०८१

‘एलो फिभर’ बाट एङगोलामा १२५ जनाको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, फाल्गुन १६, २०७२  

 

mosquito bitingलुवान्डा (एङ्गोला), 16 फागुन । दक्षिण–पश्चिमी अफ्रिकाको एङ्गोलामा गएको डिसेम्बर ३० गते यता ‘एलो फिभर’ बाट (लामखुट्टेको टोकाइबाट सर्ने ज्वरो) का कारण मृत्यु हुनेको सङ्ख्या १२५ पुगेको यहाको शुक्रबार सार्वजनिक एक सरकारी तथ्याङ्कमा जनाइएको छ ।

एङ्गोलामा ‘एलो फिभर’ ले महामारीको रुप लिएपछि सरकार तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय सङ्घसंस्थाको सहयोगमा रोगलाई नियन्त्रण गर्ने प्रयास सन् २०१५ देखि नै जारी राखिए पनि यसबाट मृत्यु हुनेको सङ्ख्या अझै पनि ठूलो देखिएको छ ।

एङगोलाका स्वास्थ्य मन्त्रालयका अनुसार एलो फिभरका कारण राजधानी लुबान्डामा मात्र ९२ जनाको मृत्यु भएको छ ।

अफ्रिकी तथा दक्षिण अमेरिकी एमाजन क्षेत्रमा देखिएको लामखुट्टेको टोकाइबाट सर्ने यो रोगले जटील रुपलिएपछि को उपचार अहिलेसम्म नभएको यस रोगका कारण मस्तिष्कघात भई मानिसको मृत्यु हुने एङ्गोलाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस महिनाको सुरुवातसगै एङ्गोलाका स्वास्थ्य अधिकारीले रोग नियन्त्रण प्रयासस्वरुप प्रभावित क्षेत्रका मानिसहरुलाई सामूहिक खोपसेवा प्रदान गरिएको थियो ।

सरकारले प्रभावित क्षेत्रका मानिसलाई पानीलाई उमालेर वा औषधिको प्रयोग गरी पिउन सुरक्षित पारेर मात्र प्रयोग गर्न अनुरोध गरेको छ ।

सरकारले रोगका कारण अस्पतालमा पुगेका शङ्कास्पद ६६४ नमुनामध्ये १२५ जना ‘एलो फिभर’ का कारण मृत्यु भएको जनाएको छ ।

यहाँको प्रशासनले एङगोला आउने पर्यटक तथा अन्य आगन्तुहरुलाई खोपको प्रयोग गर्न अनुरोध गरेको छ ।

सन् १९८६ पछि एङ्गोलामा ‘एलो फिभर’ को महामरी नभएपनि छिटफुट बिरामीहरु यसबाट प्रभावित भएको जनाएको छ । रासस/एएफ्पी

प्रकाशित मितिः आइतवार, फाल्गुन १६, २०७२     10:09:22 AM  |