परिवारका १४ सदस्यको हत्यापछि एक व्यक्तिले गरे आत्महत्या



काठमाडौं, फागुन १६ । भारतको मुम्बईमा एक व्यक्तिले परिवारका १४ सदस्यको हत्या गरेपछि आफूले पनि आत्महत्या गरेका छन् ।

भारतीय समाचार संस्था पिटीआईका अनुसार मुम्बई ठाणेका ती ब्यक्तिले शनिबार राति परिवारका सदस्यको हत्या गरेका हुन् ।

हत्या गरिएकामा ७ बालबालिका, ६ महिला र १ पुरुष छन्। हत्या पूर्व उनले शनिबार नै एक पार्टी आयोजना गरी परिवारका अरु सदस्यलाई पनि बोलाएका थिए । हत्याको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । (एजेन्सी)

  • No tags available
प्रकाशित मिति : २०७२ फागुन १६ गते आइतबार