12 September 2024  |   बिहिबार, भदौ २७, २०८१

कुकुर आतंक : बिहारमा दैनिक सातसय भन्दा बढी मानिसलाई कुकुरले टोक्छ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, फाल्गुन १४, २०७२  

बिहार, फागुन १४ । कुनै क्षेत्रमा प्रत्येक दिन सात सयभन्दा बढी मानिसलाई कुकुरले टोक्छ भने पक्कै पनि त्यो चिन्ताको विषय बन्छ नै । भारतको बिहार राज्य स्वास्थ्य समितिको तथ्यांक अनुसार गत वर्ष दुई लाख ६३ हजार जनालाई कुकुरले टोकेको छ ।

यो तथ्यांक आफैंमा भयावह देखिए पनि सन् २०१२ देखि २०१४ बीचको तथ्यांकलाई हेर्दा गत वर्षकोतथ्यांकले केही राहतकै अनुभूति दिएको छ । २०१२ देखि २०१४ सम्मको तीन वर्ष बिहारमा कुकुर आतंक नै थियो, जसमा प्रत्येक वर्ष सरदर चार लाख मानिसलाई कुकुरले टोकेको थियो ।

सन् २०१२ मा गरिएको पशु गणनाअनुसार बिहारमा मात्र करिब साढे १० लाख भुस्याहा कुकुर थिए ।

पटना नगर निगमका मेयर अफजल इमामका अनुसार नगर क्षेत्रका केही गल्ली यस्ता छन्, जहाँ रातको समयमा कुकुरकै कारण पैदल हिँड्न मुस्किल हुन्छ । (एजेन्सी)

प्रकाशित मितिः शुक्रबार, फाल्गुन १४, २०७२     12:22:26 PM  |