काठमाडौं, फागुन ११ । भारतको हरियाणामा सुरु भएको जाट आन्दोलनका कारण भड्किएको हिंसाको प्रभाव राजस्थानसम्म पुगेको छ ।
आरक्षणको माग गर्दै राजस्थानका बासिन्दा आन्दोलनमा उत्रिएका छन् । उनीहरुले त्यहाँ बसमा आगजनी गर्नुका साथै ठाउँठाउँमा तोडफोड गरेका छन् ।
आन्दोलनमा अधिकांश युवा संलग्न रहेको बताइएको छ । हिंसा भड्केपछि त्यहाँको सरकारले राजस्थानको इन्टरनेट र मोबाइल सेवा बन्द गरेको छ ।
पछिल्लो समय जाट समुदायले पढाई लेखाई र रोजगारीमा आरक्षण दिन माग गर्दै भारतको हरियाणामा गरेको प्रदर्शनपछि त्यसको प्रभाव राजस्थानसम्म पुगेको हो । आन्दोलन भड्किन नदिन सरकारले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । (एजेन्सी)
प्रकाशित मिति : २०७२ फागुन ११ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्